🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

एनटीभीको ग्राफिक्स थन्कियो, डुब्यो पाँच करोड : एघार करोडको खरिदतिर व्यवस्थापनको आँखा  

काठमाडौं । नेपाल टेलिभिजनमा ५ करोड रुपैयाँ खर्चिएर ल्याइएको ग्राफिक्स उपकरण स्टोरमा थन्किएको खबर छ । टेलिभिजन व्यवस्थापन भने त्यसलाई उपयोगमा नल्याएर झण्डै ११ करोड रुपैयाँ लगानी लाग्ने अटोमेसन प्रणालीका लागि खरिद प्रक्रिया बढाउन ताकेता गरिरहेको पत्रकार स्रोत बताउछ । नेपाल टेलिभिजनमाअनियमितता र भ्रष्टाचार मौलाएपछि कर्मचारी सम्बद्ध संगठनहरू भने विगतदेखि नै रुष्ट हुँदै आएका छन् । ती संगठनका प्रतिनिधिहरूले कोरोना महामारीले संस्थान धरापमा परेको बेला अनावश्यक रुपमा करोडौं खर्च नगर्न ध्यानाकर्षण गराएको खबर छ ।

अध्यक्ष महेन्द्र विष्टले कसैको सुझाव पनि नलिइ हतार, हतारमा अटोमेसन प्रणालीका लागि प्रक्रिया अघि बढाएकोस्रोत बताउछ । त्यसको औचित्य के हो? र, त्यसले संस्थानलाई कति फाइदा गर्छ भन्ने विषयमा व्यवस्थापनले कतै जवाफदेही हुन नसकेकोएनटीभीका पत्रकार तथा कर्मचारीहरू चर्चँ गर्दैछन् । यसअघि ग्राफिक्स उपकरण ल्याउदा पनि हतारमा पाँच करोड रुपैयाँ खर्च भएको, कमिसनको खेल भएको तर सामान भने ल्याएर थन्किएको भन्दै संगठनहरूले आपत्ति जनाएका थिए । कर्मचारी संघका अध्यक्ष गोपाल दाहालसहितले टेलिभिजनभित्र हुने यस्ता अनियमितिता रोक्न पटक पटक आग्रह गर्दा पनि व्यवस्थापनले नसुनेकोगुनासो रहेको छ । 

व्यवस्थापन पक्षको मिलेमतोमा भइरहेका यस्ता अनियमित कामबारे सञ्चार मन्त्रालय र अख्तियारमा समेत कुरा पुगेको एक कर्मचारीले जानकारी दिए । अहिले रु. ११ करोडको अटोमेसन मात्र होइन, २ करोड रुपैयाँको ओभि भ्यान, एक करोड एक लाखका कम्प्युटरसहितका खरिद प्रक्रिया समेत मन्त्रालय र स्वयं एनटिभिको बोर्डलाई बाइपास गरी खरिद प्रक्रिया थालिएको समाचार स्रोत बताउँछ । जति गुनासो र आग्रह गरे भने पनि व्यवस्थापन पक्षले कानमा तेल हालेर बसेपछि कर्मचारीहरू एक्सनमा उत्रिने तयारीमा रहेको युनियन सम्बद्ध एक कर्मचारीले जानकारी दिए ।

नयाँ सञ्चार मन्त्रीमा पार्वत गुरु¨ आएलगत्तै उनले एनटिभिमा संगठनात्मक र व्यवस्थापन सुधार हुनुपर्ने भन्दै नेतृत्वको ध्यानाकर्षण गराएका थिए । उनले एनटिभीमा भएका बेथिति र सुधारमा प्रयास गर्नुपर्ने बारे बोलेपछि अनियमितता रोकिने आशा पनि गरिएको थियो ।