काठमााडौं । कोरोनाबाट थप ३ जनाको मृत्यु भएको छ । देशभर थप ५ सय जना संक्रमित भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, कोरोनाबाट पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८ सय १९ पुगेको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा देशभर थप ५०० कोरोना संक्रमित फेला परेका छन् । ५ हजार ४ सय ३४ जनाको देशका विभिन्न प्रयोगशालामा कोरोना परीक्षण गरिएकोमा ५०० जना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
शनिबार ८ सय ४० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। योसँगै डिस्चार्ज हुनेको संख्या २ लाख ४९ हजार १ सय ३२ सय पुगेको छ। अब देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ७ सय ४९ जना छ । ३ सय ६९ जना क्वारेन्टिनमा छन्।




