🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

दाँत स्वस्थ राख्न खाऔं यी भोजन 

दाँतमा प्वालहरू बन्न दिइएन भने दाँत झर्ने, बिग्रने समस्याहरूबाट बच्न सकिन्छ । दाँतहरूमा प्वाल बन्न गएमा किरा लाग्ने, विभिन्न किटाणु पैदा भई मुखको क्यान्सर जस्ता रोगहरूले समेत आक्रमण गर्न सक्छ । यस्तो दरार तथा दाँतका प्वाल बन्न नदिन दाँतको सरसफाई, दन्त चेकअप आदि आवश्यक छ, साथै सही भोजनको पनि त्यति नै आवश्यकता छ । 
यी केही चिजहरू आफ्नो भोजनमा मिलाउन सकेमा यस्ता दरार तथा प्वाल दाँतमा बन्न सक्दैनन् ।

 
चीज :  आफ्नो भोजनमा केही मात्रामा चीज मिलाएर खाएमा दाँतमा क्याभिटी(दरार) बन्न सक्दैन । यसले शरीरमा खनिज(मिनरल) तथा प्रोटिनको मात्रालाई नियन्त्रित राख्ने हुँदा दाँतलाई षड्ने एसिडहरू रोक्ने गर्दछ र दाँत बलियो बनाउँदछ । चीजमा हुने कैसिन नामक प्रोटिन क्याल्सियमसंग प्रतिक्रिया भई दाँतलाई बिग्रनबाट बचाउँछ । 

स्याउ : दैनिक एउटा स्याउले शारीरिक स्वस्थता मात्र नभई दाँतलाई पनि स्वस्थ राख्दछ । यसमा पाइने पm्लेनाइड्सले दाँतलाई सफा राख्न मद्दत गर्दछ । यसका साथसाथै केही शोधहरूले यसमा पाइने एन्टिअक्सिडेन्टले दाँत तथा मुखमा हुने संक्रमणबाट बचाउने निष्कर्ष पनि निकालेका छन् । 

कालो चिया : चिनी नभएको तथा कम मात्रामा चिनी राखेको चिया पिएमा दाँतका लागि एकदमै फाइदाजनक छ । कालो चियामा पाउन सकिने पोलिफेनल्स तथा फ्लेनाइड्सले दाँतमा दरार बन्न दिँदैन जसले दाँतमा किरा लाग्न तथा दाँत षड्न दिँदैन । फ्लेनाइड्सले दाँतमा हुने संक्रमणबाट बचाउँदछ ।

 
बदाम : बदाममा पाइने पोषक तत्वले दाँतमा पत्र बस्ने दिँदैन जसले दाँतमा प्वाल पर्ने तथा दरार बन्ने समस्याबाट टाढै राख्दछ ।