🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सशस्त्रका ६ एसएसपीको बढुवा सिफारिस   

काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ) का ६ वरिष्ठ उपरीक्षक (एसएसपी) को नायब महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस गरिएको छ । 

बढुवा समितिको ०७७ पुस १६ को बैठकले ६ एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस गरेको गृह मन्त्रालयले जनाएको छ । 

एसएसपीबाट डीआईजीमा बढुवा सिफारिस भएकामा कमल गिरी, गणेशबहादुर ठाडा मगर, अभिकुमार खत्री, कुलबहादुर नेम्वाङ, दुर्गाप्रसाद भट्टराई र शम्भु सुवेदी छन् । 

सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम (१) (ख) बमोजिम बढुवा सिफारिस गरेको गृहले यसबारे असन्तुष्टि रहे ७ दिनभित्र उजुरी गर्न भनेको छ ।

सशस्त्र प्रहरी नियमावलीमा जुन पदकालाई बढुवा गरिएको हो सोही पदकाले चित्त नबुझेको अवस्थामा उजुरी दिनसक्ने प्रावधान छ । तर यो कर्मकाण्डी मात्र देखिन्छ । एकाधबाहेक गृहले गरेका सबै बढुवा सिफारिस कार्यान्वयन भएका नजिर छन् । 

बढुवा समितिले गरेको सिफारिसमा कुनै उजुरी नपरेमा त्यसलाई गृहले मन्त्रिपरिषद्मा लैजाने छ । मन्त्रिपरिषद्ले बढुवा स्वीकृत गरेपछि मात्रै बढुवा सिफारिस कार्यान्वयनमा आउने छ ।  
\"\"