भदौ १८–२० चितवनमा सम्पन्न केन्द्रीय कमिटीको दोस्रो रापसको पहिलो पूणै बैठकका निर्णय एवं त्यसपछिका विभिन्न समयमा सम्पन्न भएको स्थायी कमिटीको बैठकका समेत निर्णयहरूलाई सम्पूर्ण कमिटीलाई एकमुष्ट रुपमा २०७४ पौष १३ गते कार्यान्वयनका लागि सर्कुलर जारी गरिएको सर्वविदित नै छ । र, उक्त सर्कुलर कार्यानवयन गर्नु गराउनु अनेरास्ववियूका सम्पूर्ण नेता कार्यकर्ताको जिम्मेवारी पनि हो ।
संगठनका विभिन्न बैठक र भेलाहरूमा व्यापक छलफल र निर्णय पश्चात सर्वसम्मत रुपमा जारी गरिएको उक्त सर्कुलरका निर्णय कार्यान्वयनमा विभिनन अवरोध सिर्जना गर्ने उद्देश्यले अनेरास्ववियूका जिम्मेवार नेताहरूको नाम जोडिएर विभिनन अनलाईन मिडिया र सामाजिकज सञ्जालमा भएको भ्रामक र गलत अभिव्यक्तिप्रति अनेरास्ववियु केन्द्रीय कमिटीको गम्भीर ध्यानाकर्षण भएको छ ।
यसरी संगठनलाई कमजोर बनाउने गरि विभिन्न मिडिया र सामाजिक सञ्जालमा कुनै पनि आलोचनात्मक अभिव्यक्ति नदिन सम्पूर्ण नेता कार्यकर्ताहरूलाई अनुरोध गर्दै, संगठनलाई अझ बलियो, चुस्त र संगठनका निर्णयहरूप्रति जिम्मेवार रहँदै विभिन्न मिडियाहरूको गलत सूचनाको पछि नलागि केन्द्रीय कमिटीबाट जारी सर्कुलरलाई निशर्त पालना गर्न गराउन पुन निर्देशित गरिन्छ ।
–नविना लामा, अध्यक्ष, अनेरास्ववियू




