🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

महासङ्घको पूँजी बजार समिति विस्तार

काठमाडौँ, ९ पुस (रासस) । नेपाल उद्योग वाणिज्य महासङ्घले समग्र धितोपत्र बजारको विकास र विस्तार गर्दै नीति निर्माणमा सहकार्य गर्ने लक्ष्यका साथ पूँजीबजार समिति विस्तार गरेको छ । 

\"No

महासङ्घका कार्यकारिणी सदस्य अम्बिकाप्रसाद पौडेलको सभापतित्वमा गठित समितिको उपसभापतिमा रामशरण थपलिया हुनुहुन्छ । यस्तै सदस्यहरुमा निर्माण श्रेष्ठ, मेखबहादुर थापा, सन्तोष मैनाली, प्रियराज रेग्मी, विष्णुप्रसाद बस्याल, राजन लम्साल र ज्योति दाहाल हुनुहुन्छ । यस्तै आमन्त्रित सदस्यहरुमा उषा खतिवडा र अनन्तकुमार पौडेल हुनुहुन्छ । 

उक्त समितिले पूँजी बजारसँग सरोकार राख्ने सबै निकायहरुबीच सहकार्य र समन्वय गरी बजारको विकास गर्ने लक्ष्य राखेको छ । पूँजीबजारमा वैदेशिक लगानी भित्र्याउन पूँजी बजारसम्बन्धी ऐनकानूनमा समसामयिक सुधारका लागि सहजीकरण गर्ने, दोस्रो बजारमा लगानी गर्ने लगानीकर्ताहरुलाई आवश्यक पर्ने भरपर्दाे सूचना आदानप्रदान गर्ने विषयलाई प्रमुख प्राथमकितामा राख्ने भएको छ ।