🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

आत्मवृत्तान्त जापानी भाषामा छापिँदै

काठमाडौं । बिपी विचार राष्ट्रिय समाज, जापानले बिपी कोइरालाको लोकप्रिय कृति ‘आत्मावृत्तान्त’ लाई जापानी भाषामा अनुवाद गरी जापानमा प्रकाशन गर्ने भएको छ । 

    कृतिको प्रकाशनाधिकार ९कपिराइट० रहेको संस्था जगदम्बा प्रकाशन, पाटनढोका ललितपुरले बिपी विचार राष्ट्रिय समाज, नेपालको अनुरोधमा बिपीको कृति ‘आत्मावृत्तान्त’ लाई जापानी भाषामा अनुवाद गरेर जापानमा प्रकाशित गर्न  र बिक्री एवम् वितरण गर्न नियमानुसार स्वीकृति प्रदान गरेको छ ।

    बिपी कोइरालाको कृतिहरूलाई भाषानुवाद गरी अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचारप्रसार गर्ने उद्देश्यले समाजको जापान शाखाले शाखाका संयोजक प्रा डा सुदीप अधिकारीको संयोजकत्वमा प्रा डा विश्वराज कँडेल,  सल्जिता श्रेष्ठ सदस्य रहेको ‘बिपीका कृति अन्तर्राष्ट्रियकरण तथा व्यवस्थापन समिति’ गठन गरी प्रथम चरणमा बिपीको लोकप्रिय कृति ‘आत्मवृत्तान्त’ लाई जापानी भाषामा अनुवाद गरेको हो ।

अनुवादका लागि प्रा डा अधिकारीको संयोजकत्वमा चुवु विश्वविद्यालय, जापानका प्रा डा कँडेल र ढुङ्गेमूर्ति तथा नेपाली सम्पदा अनुसन्धानकर्ता जापानी नागरिक ताकाओ ऊ रहनुभएको तीन सदस्यीय ‘बिपीको आत्मवृत्तान्त अनुवाद तथा व्यवस्थापन उपसमिति’ गठन गरी काम अगाडि बढाइएको आत्मवृत्तान्त प्रकाशन समन्वय समितिका संयोजक लोकेश ढकालले राससलाई जानकारी दिनुभयो ।    

    बिपी विचार राष्ट्रिय समाज, नेपालको कार्यसमिति बैठकले कृति प्रकाशन र प्रकाशनाधिकार स्वीकृतिलगायत काममा नेपालका तर्फबाट आवश्यक सहयोग एवम् समन्वय गर्न समाजका संस्थापक केन्द्रीय सदस्य ढकाललाई संयोजक तोकिएको थियो ।