🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

जनस्वास्थ्यविद् पाण्डे भन्छन्– दीर्घ बिरामीलाई अहिले नै कोरोना खोप नलगाऊ

 

० कोभिड–१९ को संक्रमण दर नेपालमा कम हुँदै गएको हो ? 
–पहिलेको तुलनामा कम हुँदै गएको हो । तर जोखिम अझै कम भएको छैन । 

० यथार्थमा कोभिड–१९ संक्रमण दर कम भएको हो कि, परीक्षण दर घट्दा यस्तो देखिएको हो ? 
–परीक्षण दर पनि पहिलेभन्दा घटेको छ । सरकारले कन्ट्रयाक्ट ट्रेसिङ गर्न छाडेको छ । आमनागरिकले पनि परीक्षणमा उति चासो दिएका छैनन् । तैपनि, संक्रमण दर बढेकोचाहिँ छैन । किनभने अहिले मृत्यु हुनेको संख्या घटेको छ । अस्पतालमा भर्ना हुने र परीक्षणका लागि आउनेको चाप पनि घटेको छ । व्यक्तिगत अनुभवको कुरा गर्नुहुन्छ भने विगतमा कोरोनाको लक्षण देखिएको भन्दै दैनिक ५–६ सय जनाको फोन आउँथ्यो । यस्ता जिज्ञासा राखेर आउने कल अहिले ७५ प्रतिशतले घटेको छ । यी तथ्यले कोरोना महामारी पहिलेभन्दा घटेको देखाएको छ । तैपनि, परीक्षण गरिएकामध्ये ७–८ प्रतिशतको पोजेटिभ रिपोर्ट आइरहेको छ । यसर्थ सावधान र सतर्क हुनैपर्छ । 

० सावधान र सतर्क हुनुपर्छ भन्नुभयो । तर हिजोआज दैनिकजसो सरकारको पक्ष र विपक्षमा प्रदर्शन भइरहेका छन् । यसले जोखिम बढाउँदैन ? 
–हो, यतिबेला जनस्वास्थ्य मापदण्डको बेवास्ता गर्दै विभिन्न पार्टीका जुलुस, प्रदर्शनहरू भइरहेका छन् । एउटै हलमा ठूलो संख्यामा मानिसहरू बसेर बैठक गरिरहेका छौं । भीडभाड हुने स्कुल, कलेजदेखि लिएर सम्पूर्ण क्षेत्र खोलेका छौं । सरकार स्वयंले पनि जनस्वास्थ्य मापदण्डप्रति चासो देखाएकै छैन । हामी जनता पनि मास्क नलगाई, स्यानिटाइजर नबोकी हिँड्न थालेका छौं । मापदण्ड कडाइका साथ परिपालना गराएर महामारी नियन्त्रणमा लिनुपर्नेतर्फ कसैको ध्यान पुगेको छैन ।  

० हाम्रा नेताहरू बारम्बार जनताका लागि राजनीति गरेको बताइरहन्छन् । तर तिनै नेता सत्ता स्वार्थ टाढिएपछि उनै जनताको स्वास्थ्यमाथि खेलबाड गर्दै जुलुस, प्रदर्शनहरूमा सहभागी गराइरहेका छन् । भनाइ र व्यवहारमा त निकै ठूलो अन्तर देखियो नि होइन ? 
–महामारी फैलिरहेकाले मास्क अनिवार्य लगाएर, सामाजिक दूरी कायम गरेर राजनीतिक दलहरूले प्रदर्शन र जुलुस निकाल्नु होला भन्ने हाम्रो अपेक्षा थियो । तर जनताका निम्ति भनेर गरिएका आन्दोलनमा जनताको स्वास्थ्यमाथि नै खेलबाड गरिएका छन् । २०७७ माघ ९ गते विभाजित नेकपाको प्रचण्ड–माधवकुमार नेपाल समूहले गरेको आन्दोलनलाई नै हेरौं । उहाँहरूले आन्दोलनमा सहभागी हुन सबैलाई आग्रह गर्नुभयो । के नारा लगाउने भनेर स्कुलिङ पनि गर्नुभयो । तर यसरी आग्रह गर्दा उहाँहरूले मास्क लगाएर, स्यानिटाइजर बोकेर सामाजिक दूरी कायम गर्दै प्रदर्शन गरौं भन्न सक्नु भएन ।  आफू एन–९५ मास्क लगाएर सोफामा बसेका नेताले जनतालाई भने सतर्क हुन कुनै आह्वान गरेको देखिएन । यसले जनताप्रतिको जिम्मेवारीबोध उहाँहरूमा भएको देखिएन । यति मात्रै होइन, राजावादीदेखि सरकारपक्षीय आन्दोलनमा पनि यस्तै समस्या देखिएका छन् । हामीले हेर्ने व्यवहार हो । कसले के भन्यो त्यो महत्वपूर्ण होइन । के ग¥यो त्योचाहिँ महत्वपूर्ण हो ।

० समाजले अगुवा ठानेका नेताबाट भएको यस्तो गैरजिम्मेवार रवैयाले दूरगामी असर पर्छ भनिन्छ नि ? 
–आमजनताले जो सेलिब्रेटी छ, उसलाई अनुशरण गर्छन् । जस्तो, हाम्रा नेताले बोल्दा मास्क झिक्नुहुन्छ । भीडभाडमा पनि नलगाइ हिँडेको देखिन्छ । यस्ता कुरालाई आमजनताले निकै नजिकबाट नियालिरहेका हुन्छन् । नेताले त भीडभाडमा हिँड्दा मास्क लगाएका छैनन्, हामीले किन लगाउन प¥यो भन्ने  भावना उनीहरूमा विकास भइदिन्छ । जनवरी २० मा अमेरिकाका ४६ औं राष्ट्रपति जो बाइडेनको शपथ ग्रहण समारोहलाई हेरौं । त्यहाँ सबैले मास्क लगाएका थिए । त्यहाँ सोफा थिएन । सिंडीको भुइँ, सामान्य कुर्सीमा सहभागीहरू थिए । यसले नेता र आमजनता बराबर हुन् भन्ने सांकेतिक अर्थ दिन्छ । तर हाम्रोमा नेता सोफामा र जनता धूलोमा बस्छन् । मैले यसलाई कोरोनासँग किन जोडेको भने यसले जनता र नेताबीचको दूरी अझै पनि धेरै छ भन्ने देखाउछ ।

हामीले कार्यक्रम गरौं, विरोध प्रदर्शन गरौं । तर मापदण्ड पालनामा गम्भीर हुनैपर्छ । यस्ता कार्यक्रमले महामारी फैलने खतरा भएकाले जनता सजग र सतर्क हुनैपर्छ । यो म किन पनि जोड दिएर भनिरहेको छु भने भोलि प्रदर्शन र जुलुसमा गएका कोही संक्रमित भए त्यसको पीडा स्वयं व्यक्ति र उसको परिवारले भोग्नुपर्छ । नेताले भोग्दैनन् ।  नेता बिरामी भए भने डिलक्स रुममा बसेर भीआईपी उपचार पाउँछन् । जनतालाई त सास्ती नै सास्ती छ । 

० बेलायतमा भेटिएको नयाँ प्रजातिको कोरोनाको जोखिम छ भन्नुभयो । यसविरुद्ध लड्न हामीले विगतमा अपनाएको रणनीतिले नै पुग्छ कि थप केही गर्नुपर्ने अवस्था छ ? 
–बेलायत र अस्ट्रेलियामा कोरोनाको जुन नयाँ प्रजाति देखिएको छ, यसको विशेषता एकदमै छिटो फैलने छ । हामीकहाँ भएको भाइरसभन्दा त्यो निकै संक्रामक छ । ७० प्रतिशत बढी फैलने भनेर त्यहाँका विज्ञले भनेका छन् । तथापि, यसको मृत्युदर भने कम छ । तर धेरै मानिस संक्रमित भएपछि जोखिम वर्गका मानिसको मृत्यु पक्कै पनि बढ्न । जस्तोः बेलायतलाई नै हेरौं ।

 यहाँ लडकडान हुँदाहुँदै पनि अवस्था अस्तव्यस्त छ । दैनिक हजारभन्दा धेरै कोरोना संक्रमितको मृत्यु भइरहेको छ । युरोपका सबैजसो मुलुक लकडाउन र कफ्र्यूमा छन् । अमेरिका र क्यानडाले स्वास्थ्य मापदण्डमा कडाइ गर्दै मास्क नलगाउनेलाई जरिवाना लगाइरहेका छन् । छिमेकी देश भारतको दिल्लीमै मास्क नलगाउनेलाई २००० ‘फाइन’ छ । हरेक देशले जनस्वास्थ्य मापदण्ड पालना नगर्नेलाई दण्ड र सजायको व्यवस्था गरेका छन् । अनुगमन पनि उत्तिकै छ । हाम्रोमा गृह मन्त्रालयले महामारी नियन्त्रण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको काम हो, हाम्रो होइन भन्ने ठान्यो । भोलि बेलायतमा भेटिएको नयाँ प्रजातिको भाइरसको महामारी फैलियो भने नियन्त्रण गर्न सक्दैनौं कि भन्ने चिन्ता छ । 

० विश्वका विभिन्न देशमा कोरोनाको दोस्रो लहर सुरु भएको छ । हाम्रोमा त्यस्तो खतरा बढ्दै हो ? 
–अहिले युरोपियन देशहरूसँगै चीन, कोरिया, जापानलगायतका मुलुकमा कोरोनाको दोस्रो, तेस्रो ‘वेभ’ आइरहेको छ । हाम्रा राजनीतिक दलदेखि आमजनताले कोरोनाको दोस्रो लहर आउन उर्वरभूमि तयार पारिरहेका छन् । बेलायतमा भेटिएको कोरोनाको नयाँ प्रजातिका संक्रमित तीन जना नेपालमा पनि भेटिएका छन् । बेलायतबाट नेपाल आइरहेकाहरूमा पनि यस्तो संक्रमण हुनसक्छ । विश्वका ६० भन्दा बढी मुलुकमा कोरोनाको नयाँ प्रजाति फैलिसकेकाले अन्य देशबाट आउनेमा पनि यसको संक्रमण हुनसक्छ । परीक्षण नभएकाले त्यस्ता संक्रमितहरू निर्वाध जुलुस, आन्दोलन, बजार, स्कुललगायतमा डुलिरहेका हुनसक्छन् । विदेशतिरबाट भइरहेको निर्वाध आगमन, जुलुस, प्रदर्शन र भीडभाडले नेपालमा कोरोनाको दोस्रो लहर आउने खतरा बढेको छ । 

० दोस्रो लहर सुरु भयो भने अवस्था कस्तो होला ? केही अनुमान गर्न सकिन्छ ? 
–कोरोनाको पहिलो लहर सुरु हुँदा मानिसहरू निक्कै डराएका थिए । घरमै केही समय सीमित भए । स्वास्थ्य मापदण्ड पालनामा पनि सचेत देखिए । तर अहिले मानिसमा फिटिक्कै डर, त्रास छैन । त्रास नभएपछि संक्रमण फैलने खतरा धेरै हुन्छ । हामीले भ्याक्सिन लगाएको १ सातापछि मात्रै एन्टिबडी बन्ने भएकाले त्यसपछि मात्रै निस्फिक्री हुन मिल्छ । २०७७ माघ ९ गतेसम्मको कुरा गर्ने हो भने १५० जना कोरोना संक्रमित आईसीयू र ४० जना भेन्टिलेटरमा छन् । त्यसैले कोरोनाको सम्भावित दोस्रो वेभप्रति हामी अहिलेदेखि नै सचेत हुन जरुरी छ । 

० विश्वका विभिन्न देश र कम्पनीले तयार पारेको कोरोनाविरुद्धको खोप विभिन्न मुलुकले धमाधम लगाउन थालेका छन् । खोप ल्याउनेबारे हाम्रो तयारी कस्तो छ ? 
–भारतले अहिले ५ लाख मानिसलाई लगाउन पुग्नेगरी १० लाख डोज कोरोनाविरुद्धको भ्याक्सिन नेपाललाई उपहार दिएको छ । तर सरकारले अहिलेसम्म कोरोना भ्याक्सिन खरीद गर्न कुनै पनि कम्पनीसँग सम्झौता गरेको छैन । दुई–चार अर्ब एडभान्स गरेर एग्रिमेन्ट गरेको भए भ्याक्सिन आउनेमा विश्वस्त हुन सकिन्थ्यो । तर त्यो नगरिएकाले समय लाग्नसक्ने देखिएको छ ।  सरकारले तदारुकता देखायो भने सन् २०२१ को अन्त्यसम्ममा सबैले भ्याक्सिन पाउन सक्छौं । अग्रसरता देखाएन भने सन् २०२२ मा सबैले लगाउने स्थिति हुन्छ । 

० यसको मतलब सरकारले अहिलेसम्म कोरोनाविरुद्धको भ्याक्सिन ल्याउन उल्लेख्य ढंगले कदम चालेको छैन ? 
–मन्त्रालयको कार्यभार सम्हालेपछि स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीज्यूले मलाई बोलाउनु भएको थियो । अब कसरी अघि बढ्दा उपयुक्त होला भन्ने उहाँको जिज्ञासा थियो । जवाफमा मैले तपाईं सफल÷असफल हुने कोरोना भ्याक्सिनले हो । त्यसैमा केन्द्रित हुनुस् भन्ने सुझाव दिए । भारत, चीन, बेलायत, रुस, अमेरिकामा एग्रिमेन्ट गरेर २÷४ अर्ब दिएर खोप ल्याउन सकिने भएकाले त्यतातिर केन्द्रित हुन पनि मैले उहाँलाई भनेँ । कार्यतालिका बनाएर खोप ल्याउनेतिर सरकार लाग्ने हो भने खोप आउँछ । तर कूटनीतिक नोट लेखेकै भरमा भ्याक्सिन आउने अवस्था छैन । 

० कोरोना भ्याक्सिन लगाएका मानिस धमाधम मरिरहेका छन् । कुन देशमा कसले बनाएको भ्याक्सिन सुरक्षित छ भनेर अध्ययन पनि गर्नुपर्ने होला नि ? 
–केही देशमा कोरोना भ्याक्सिनको असर देखिएको छ । त्यसैले हामीले खोप ल्याउँदा सुरक्षित त ल्याउनै पर्छ ।  

० भ्याक्सिन उत्पादक कम्पनी र मुलुकले भ्याक्सिन उपलब्ध गराउने क्राइटेरियाचाहिं कस्तो हुन्छ, बताइदिनुहोस् न ? 
–भ्याक्सिन उत्पादक कम्पनीले कसलाई उपलब्ध गराउने भन्ने प्राथमिकता निर्धारण गरेका हुन्छन् । उनीहरूको पहिलो प्राथमिकतामा जसले उत्पादन गरेको छ, उसले पाउँछ । त्यसपछि सेयर होल्डर, क्यास तिरेर बुकिङ गरेका र चौथोमा हार्ड क्यास जसले तिरेको छ, उसले पाउँछ । हाम्रोजस्तो बुकिङ नगरेको, समन्वय र संवाद नगर्ने नेपालजस्तो मुलुकले पाँचौं अवस्थामा मात्रै कोरोनाको भ्याक्सिन पाउने अवस्था हुन्छ । भारतले अहिले १० लाख डोज दियो, भोलि चीनले पनि देला भनेर सरकार उपहारको भर पर्ने हो भने भ्यासिन आउँदैन । 

० कुन पद्धतिबाट कोरोना खोप ल्याउँदा छिटो र सर्वसुलभ होला ? 
–सबैभन्दा पहिले सरकारले यो–यो कम्पनीको कोरोना भ्याक्सिन सुरक्षित छ, त्यो जनतालाई लगाऊ भनेर निर्णय लिनुपर्छ । कोरोना खोप आपूर्ति गर्दा ५० प्रतिशत निजी र बाँकी सरकारले ल्याउँदा राम्रो हुन्छ । कोरोना भ्याक्सिन अहिले महँगो पनि छैन । जस्तो अक्सफोर्ड युनिभर्सिटीको भ्याक्सिनको मूल्य मात्र ३ डलर अर्थात् ३ सय ५० रूपैयाँ छ । सरकारमार्फत ल्याइएकोलाई निःशुल्क र निजीले ल्याएको पैसा तिरेर लगाउने प्रबन्ध मिलाउँदा भ्याक्सिन सर्वसुलभ हुन्छ । 

० कोरोनाको खोप लगाएका मानिसको मृत्यु भएपछि यसमाथि उत्तिकै प्रश्न पनि उठिरहेको छ । त्यसैले खोप आए पनि त्रास देखिन्छ । खासमा कोरोना खोपको यथार्थता के हो ? 
–सामन्यतया एउटा खोप निर्माण हुन ४–१० वर्षसम्म लाग्छ । धेरै मानिसमा परीक्षण गरेर मात्र खोप प्रमाणित गर्ने प्रक्रिया हुन्छ । शीघ्र प्रक्रियामार्फत १ वर्षमा बनाइएकाले कोरोना भ्याक्सिन जति सुरक्षित हुनुपर्ने हो, त्यति छैन । सत्य कुरा भएकाले यो हामीले भन्नै पर्छ । अमेरिकाको फाइजर, बायोएनटेक र मोलेराले नयाँ प्रविधिमार्फत कोरोना खोप बनाएकाले त्यो बढी असुरक्षित देखिएको छ । फाइजरको असर धेरै ठाउँमा देखिएको छ ।  नर्वेमा त २३ जनाको मृत्यु नै भयो । स्वास्थ्यकर्मी र नर्सको पनि ज्यान गयो । तर हामीलाई भारतले उपहारस्वरूप दिएको १० लाख डोज कोराना भ्याक्सिन फरक हो । यो पुरानो प्रविधिको प्रयोग गरेर बेलायतको अक्सफोर्डले तयार पारेको हो । 

० तर भारतमा त्यही खोप लगाएका मानिसको पनि मृत्यु भइरहेको छ नि त ?
–हुन त भारतमा पनि अक्सफोर्डको भ्याक्सिन लगाएका २ जनाको मृत्यु भएको छ । नभएको होइन । भ्याक्सिन लगाएका ५०० जना गम्भीर बिरामी छन् । तर यो उताको भन्दा सुरक्षित छ । 

० खोप लगाउँदा केही भईहाल्छ कि भन्ने त्रास त छ नि होइन र ? 
–छ । त्यसैले ज्येष्ठ नागरिक र दीर्घ बिरामीलाई यो खोप नलगाई स्वस्थ मानिसमा लगाएर जाँदा राम्रो हुन्छ । कोरोना लाएर मरिने अवस्था हाम्रोमा यसै पनि कम छ । कोरोना खोप लगाउँदा अप्ठ्यारो स्थिति आउँछ । त्यसैले सचेत हुनुपर्छ । मैले माथि नै भनें नि भ्याक्सिन ल्याउनै पर्ने अवस्था भएकाले बढी सुरक्षित कम्पनीको छानेर ल्याउनु पर्छ । 

० हाम्रोमा भ्याक्सिन आइसकेको अवस्था छ । अब यो प्रयोगमा पनि आउँला । यदि भ्याक्सिनले नकारात्मक असर देखायो भने के गर्ने ? 
–खोप केन्द्रमा कोही मान्छे भ्याक्सिन लगाएर ढल्यो भने तुरुन्तै दिने सुईहरू हुन्छन् । त्यो दिनुपर्छ । त्यो सुई दियो भने असर तत्काल निस्तेज हुन्छ । त्यसैले खोप केन्द्र यसबारे सचेत हुनुपर्छ ।