🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

यमन युद्धलाई सहायता नगर्ने बाइडनको घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले यमनमा हुथी विद्रोहीविरुद्धका आक्रमणमा सहायता नगर्ने घोषणा गरेका छन् ।  

बाइडनका दुई पूर्ववर्ती बाराक ओबामा र डोनाल्ड ट्रम्पले यमन युद्धमा सहायता गरेका थिए । त्यसलाई बाइडनले खारेज गरिदिएका छन् । 

आफ्नो विदेशनीतिबारे पहिलो पटक विज्ञप्ति जारी गर्दै बाइडनले भनेका छन्- ‘यमनमा युद्ध अन्त्य हुनुपर्छ ।’  

यस्तो घोषणासँगै अब अमेरिकाले यमनका हुथी विद्रोहीविरुद्धका कारबाही प्रदान गर्दै आएको समर्थन रोक्ने छ । यति मात्रै होइन, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्सलाई हतियार बिक्री गर्न पनि उसले बन्द गर्नेछ । 

यमन आक्रमणबाट फिर्ता लिने घोषणालाई ट्रम्प प्रशासनको नीतिमा परिवर्तन गर्ने बाइडनको संकेतका रूपमा विश्लेषण गरिएको छ । 

बाइडनले अमेरिकाको विदेश नीतिमा यमनको विषयबाहेक अन्य परिवर्तनहरू पनि घोषणा गरेका छन्।

त्यसैगरी, बाइडनले यमनका लागि नयाँ दूत नियुक्त गर्ने तयारी गरेको बीबीसीले जनाएको छ । त्यसमा टिम लेन्डरकिंगलाई नियुक्त गर्ने ठानिएको छ। उनी मध्यपूर्व मामिलाका विज्ञ हुन् । कूटनीतिमा पनि उनको उत्तिकै अनुभव छ । 

६ वर्षभन्दा लामो समयदेखि जारी युद्धमा यमनमा एक लाख १० हजारभन्दा बढी मानिसहरूले ज्यान गुमाइसकेका छन् ।