🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

पूर्व महाराजकाे अर्थपूर्ण भारत भ्रमण

काठमाडौं । २०६२ साल वैशाख ११ गते अगाडि भारतीयको मध्यस्थतामा ७ र पूर्वराजा ज्ञानेन्द्र शाह बिच राजसंस्थालाई भूमिका दिनेबारे सम्झौता भएको बताइन्छ । आफूलाई स्पेस दिनेबारे सम्झौता गरेर आफूमाथि धोका दिएको पूर्व महाराजा ज्ञानेन्द्रको गुनासो रहँदै आएको छ ।

  सत्ताच्यूत भएयता पूर्वराजा ज्ञानेन्द्र मुखै फोरेर यसबारे बोलेका छैनन् । उचित समय आएपछि उक्त सम्झौताबारे प्रष्ट पार्ने उनको मत रहँदै आएको छ ।

 तत्कालीन सात दलसँग पूर्वसहमतिबारे उनले देशभित्र खुलस्त नबताए पनि उनले मध्यस्थता खेलेको तत्कालीन भारतीय पक्षको ध्यानाकर्षण गराउँदै आएका छन् । सत्ताच्यूत भएयता मात्रै उनी देश भारतीय पक्षलाई स्मरण गराउन पटक पटक दिल्ली यात्रामा निस्कि“दै आएका छन् ।

पूर्वराजा ज्ञानेन्द्र भर्खरै नयाँ दिल्ली होइन दार्जिलि¨ भ्रमणमा निस्किएका छन् । आफ्ना सहयोगी सागर तिमिल्सिनाका साथ २०७७ फागुन २० गते दार्जिलि¨ पुगेको प्रकाशमा आएको छ । पूर्व राजा ज्ञानेन्द्र शाहका अनुसार, ‘शुभकामना आदानप्रदान, छुट्टी मनाउनका लागि’ उनी दार्जिलि¨ पुगेका हुन् । ‘अरु केही, उद्देश्य छैन आफूले पढेको स्कूलको पनि भ्रमण गर्ने, दार्जिलि¨को बाटोमा हिंड्न सकिने नसकिने पनि हेर्ने’ पूर्व राजा ज्ञानेन्द्र शाहले दार्जिलि¨का पत्रकारहरुलाई बताएका छन् । 

 तर, संसद् विघटन र पुनर्स्थापनापछि देशमा चुलिएको राजनीतिक अन्योलता बिच नयाँ दिल्ली जाँदा आलोचना हुने ठानेर कुनै गुप्त उद्देश्य बोकेर भारतका शक्ति केन्द्रका व्यक्तिहरुसंग गुप्त भेटघाटकै लागि पूर्व राजा ज्ञानेन्द्र शाह भारतको दार्जिलि¨ भ्रमणमा निस्किएको टिप्पणी पनि एकथरिले गरेका छन् ।

त्यसैले यसलाई पूर्व राजा ज्ञानेन्द्र शाहको यो भ्रमणलाई पनि अर्थपूर्ण ठानिएको छ । उनले भ्रमणको प्रयोजन अरू केही नभएर शुभकामना आदानप्रदान गर्नुले पनि उनको भ्रमणबारे प्रश्न उब्जिएको श्रोत बताउँछ । ‘भेटघाटका लागि गएको भनेर राजाले भनेको भए त्यो पत्यारपूर्ण हुनसक्थ्यो । तर विना सन्दर्भ शुभकामना आदानप्रदानका लागि भनिएको भएर यसको प्रयोजनबारे शंका उब्जिएको छ,’ श्रोतले भन्यो ।

 जानकारहरूका अनुसार, आफूलाई स्पेस नदिएर धोका भएको बताउने पूर्व राजा ज्ञानेन्द्र शाह त्यही दुःख बिसाउन त्यसतर्फ गएको हुनसक्छ । यद्यपि, पूर्व राजा ज्ञानेन्द्र शाहले भ्रमणको दौरानमा क–कसलाई भेट्ने हुन् वा भेटे भन्ने अहिलेसम्म खुल्नको छैन ।

भ्रमणका क्रममा सञ्चारकर्मीले हिन्दीमा राखेको जिज्ञासको ‘आइडन्ट नो हिन्दी’ भन्दै पूर्व राजा ज्ञानेन्द्र शाहले नेपालीमा दिएको जवाफको विषय सामाजिक सञ्जालमा छाएको छ । कतिपयले पूर्व राजा ज्ञानेन्द्र शाहले हिन्दीमा बोल्न इन्कार गर्नुलाई  राष्ट्रवादी कामका रूपमा अथ्र्याएका छन् । तर कतिपयले भने हिन्दी भाषाको बाहुल्यता रहेको भारतमा राजाले हिन्दीमा बोल्न इन्कार गर्नुलाई अपरिपक्व काम भएको टिप्पणी गरेका छन् ।

‘राजा भारतमा शुभकामनाका लागि गएको भन्छन् । अनि बहुसंख्यक हिन्दी भाषी रहेको देशमा गएर ‘आइडन्ट नो हिन्दी’ भन्दै नेपालीमा बोल्छन् । यो अपरिपक्व काम भयो,’ सामाजिक सञ्जालमा प्रतिक्रिया दिन थालिएको छ ।(साँघु साप्ताहिक, २०७७ फागुन २४ गते)