🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

पूर्व सशस्त्र प्रहरी संघको वार्षिकोत्सव तथा केन्द्रीय परिषद् सभा–२०७८

काठमाडौं, नेपाल पूर्व सशस्त्र प्रहरी संघकोे तेह्रौ र चौधौँ बार्षिकोत्सव तथा केन्द्रीय परिषद् सभा २०७८ चैत्त १५ गते सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भूमा आयोजित विशेष समारोहका बीच संघका संरक्षक समेत रहेका सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।

        अवकास प्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रविराज थापालाई सो केन्द्रीय परिषद् सभाले आपसी छलफल तथा सहमतिबाट संघको अध्यक्षमा चुन्नुको साथै  विभिन्न पदाधिकारीहरु समेत चुनेको छ।

\"\"

\"\"

त्यस अवसरमा संघका पदाधिकारीहरु तथा सदस्यहरुबीच संघको वार्षिक आयव्यय विवरण तथा संघका कामकारवाहीका साथै भावी योजना तथा रणनिती बारे छलफल भएको संघले जानकारी दिएकाे छ ।

\"\"
        सो अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालबाट सो संघले अवकास पश्चात विभिन्न क्षेत्रमा रहेर  महत्वपूर्ण योगदान पु¥याउनु हुने ८ जना अग्रज व्यक्तित्वहरुलाई प्रदान गरेको सम्मान पत्र हस्तान्तरण गर्नुका साथै संगठन सो संघलाई विभिन्न सहयोग गर्दै अगाडि बढिरहेको बताएका छन् ।

महानिरीक्षक खनालले संगठनमा रहेर राज्यप्रद्त्त जिम्मेवारी निर्वाहको क्रममा प्राणोत्सर्ग गर्ने संस्थापक सशस्त्र प्रहरी महानिरीक्षक स्व. कृष्णमोहन श्रेष्ठ लगायत सम्पूर्ण अमर सशस्त्र प्रहरी कर्मचारीहरुको योगदानको स्मरण गर्दै घाईते तथा अङ्गभङ्ग भएका सशस्त्र प्रहरी कर्मचारीहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरिएकाे थियो ।

        सशस्त्र प्रहरी महानिरीक्षक खनालले सशस्त्र प्रहरी बल, नेपाल आजको स्थानसम्म आईपुग्नमा संगठनका पूर्वज नेतृत्व, अवकास प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरु तथा बहालवाला राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुले कर्तब्यनिष्ठ र पूर्ण व्यावसायिक भई कार्यसम्पादनमा
क्रियाशील रहि पु¥याएको योगदान, परिश्रम र मेहनत रहेको बताएका थिए ।

       महानिरीक्षक शैलेन्द्र खनालले अग्रजहरुबाट प्राप्त सुझाबहरुलाई समेत समेट्दै सांगठानिक विकास विस्तारमा आफुहरु निरन्तर लागिरहेको चर्चा गर्दै राष्ट्र र नागरिकको सुरक्षा, सीमा सुरक्षा, सीमा अपराध नियन्त्रण, विपद् पीडित नागरिकहरुको उद्धार लगायतका राज्य प्रद्त्त जिम्मेवारीहरुमा मानव अधिकारको सम्मान गर्दै भष्ट्राचार तथा लैङ्गिक हिंसामा शून्य सहनशीलताको नीति कडाईका साथ कार्यान्वयन गर्दैै राष्ट्रको राजश्व अभिबृद्धिमा योगदान पु¥याउँदै विश्वव्यापी कोभिड–१९ माहामारी नियन्त्रणमा नेपाल ए.पी.एफ. अस्पताल तथा सशस्त्र प्रहरी कर्मचारीहरुले पु¥याएको योगदानको नेपाल सरकार तथा विभिन्न क्षेत्रहरुबाट समेत प्रशंसा भईरहेको बताएका थिए ।

        महानिरीक्षक खनालले सुशासन र शान्ति सुरक्षाको वातावरण निर्माणमा आ–आफ्नो ठाउँबाट योगदान पु¥याउन त्यसैअवसरमा सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशन दिंदै देशका ७७ वटै जिल्लाका विभिन्न कठिन भौगोलिक स्थानहरुमा खटिई राष्ट्रको सुरक्षा तथा आम नागरिकको सेवामा क्रियाशील रहँदै व्यक्तिगत स्वार्थलाई थाती राख्दै सामुहिक भावनाका साथ योगदान पु¥याउने राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुप्रति समेत हार्दिक आभार  प्रकट गरेका थिए ।

        समारोहमा सो संघका निवर्तमान अध्यक्ष अवकास प्राप्त सशस्त्र प्रहरी महानिरीक्षक किशोर कुमार लामाले नेपाल पूर्व सशस्त्र प्रहरी संघ आफ्नो ठाउँबाट पूर्व सशस्त्र प्रहरी कर्मचारीहरुको उन्नति तथा प्रगतिका लागि निरन्तर लागिरहेको बताएका थिए ।

        सो समारोहमा विभिन्न पूर्व राष्ट्रसेवक कर्मचारी संघका अध्यक्षहरुले समेत संघको उदेश्य प्राप्तिमा सफलताको शुभकामना व्यक्त गर्दै सबै संघहरु आपसमा मिलेर राष्ट्रिय स्वार्थमा एकजुट हुनुपर्नेमा जोड दिंदै संघलाई सुझाव समेत व्यक्त गरेका थिए ।

        समारोहमा संघका वरिष्ठ उपाध्यक्ष अवकास प्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक डा. ठाकुरमोहन श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।  त्यस अवसरमा ज्ञात अज्ञात शहीदहरुको आत्माको चीर शान्तिको कामना गर्दै एक मिनेट मौनधारण गरिएको थियो ।

        समारोहमा विभिन्न पूर्व राष्ट्रसेवक कर्मचारी संघका विशिष्ट व्यक्तित्वहरु, पूर्व सशस्त्र प्रहरी महानिरीक्षकहरु, सशस्त्र प्रहरी बल, नेपालका उच्च अधिकृतहरु लगायत पूर्व सशस्त्र प्रहरी कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।