🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

थपिए ८९ कोरोना सङ्क्रमित

काठमाडौं । देशभरमा आज ८९ जना सक्रिय सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ४१ जना सङ्क्रमण मुक्त भएका छन् । आज थपिएका सङ्क्रमितमध्ये पुरुष ४९ र महिला ४० रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । आज सङ्क्रमणमुक्त भएका ४१ समेत गरी आजसम्म दुई लाख ७० हजार ९२७ सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । 

आजसम्म निको हुने दर ९८ दशमलव छ प्रतिशत रहेको छ । योसँगै जम्मा सङ्क्रमितको सङ्ख्या दुई लाख ७४ हजार ८१० पुगेको छ । काठमाडौँमा ४५ ललितपुर छ र भक्तपुर छ गरी ५७ नयाँ सङ्क्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरी चार हजार ३९९ नमूना परीक्षण भएको थियो ।

 हालसम्म २१ लाख ९७ हजार २३५ नमूना परीक्षण भइसकेको छ । प्रति १० लाख जनसङ्ख्यामा ७५ हजार ४११ परीक्षण भएको बताइएको छ । कोभिड–१९ कारण हालसम्म देशभरका तीन हजार ११ को मृत्यु भइसकेको छ । हाल क्वारेन्टाइनमा रहेकाको सङ्ख्या ५५ रहेको बताइएको छ । 

सरकारले सञ्चालन गरेको खोप कार्यक्रमबाट लक्षित पेशा वा उमेर समूहका कोही पनि छुट्न नदिन स्थानीय सरकारले ध्यान दिनुपर्नेमा प्रवक्ता गौतमले जोड दिए । नागरिकले पनि खोप लगाएपछि पनि दूरी कायम गर्नुपर्ने र हातको सफाइमा ध्यान दिनुपर्ने उन्ले बताए । यही फागुन २३ गते आइतबारबाट ६५ वर्ष पूरा भएका नागरिकलाई खोप सञ्चालन भइरहेकामा कतिपयले उमेर खुल्न कागजात नभएकाले खोप लगाउन नपाएको भनी गुनासो आएको उनले बताए । उनले भने, “कागजात नभएकाको हकमा वडा कार्यालयले सिफारिस बनाएर सहजीकरण गर्नुपर्छ ।”

सरकारले १७ लाख ८२ हजार ४६९ जनालाई खोप लगाउने लक्ष्य लिएको छ । आइतबारसम्म यो लक्ष्यको नौ दशमलव २८ अर्थात एक लाख ६५ हजार ४२८ ले खोप लगाएका छन् । खोप लगाउनका लागि प्रदेश १ मा ४४२, प्रदेश २ मा २४१, बागमती २२१ र गण्डकी प्रदेशमा ४२८ केन्द्र तोकिएको छ । त्यस्तै, लुम्बिनी प्रदेश ५९९, कणार्ली १७१ र सुदूरपश्चिम प्रदेशमा ३१७ केन्द्र तोकिएको छ ।