काठमाडौं । नेकपा प्रचण्ड र माधव नेपाल समूहले आ–आफ्नो पार्टीमा फर्किने निर्णय गरेका छन् ।
यो समूहको २०७७ फागुन २४ गते सोमबार बैठकले प्रचण्ड समूहले माओवादी केन्द्र व्युताउने र माधवकुमार नेपाल समूह पूर्वएमालेमै फर्किने निर्णय गरेको हो ।
बैठकमा सहभागी माधव समूहका एक नेताले सर्वोच्चको फैसलाको सम्मान गर्दै आ–आफ्नो घरमा फर्किने निर्णय गरेको जानकारी दिए ।
सर्वोच्च अदालतले २०७७ फागुन २३ गते आइतबार नेकपा दर्ता खारेज गर्दै ऋषि कट्टेलको पार्टीलाई मान्यता दिएको थियो । नेकपा एमाले र माओवादी केन्द्र अस्तित्वमै रहेको उसको फैसला थियो । योसँगै राजनीतिमा नयाँ तरंग आएको छ ।



