🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

एएफसी कप २०२१ को प्रारम्भिक खेलमा त्रिभुवन आर्मी र श्रीलङ्का पुलीसबीच प्रतिस्पर्धा

काठमाडौँ, २० चैत (रासस) : एएफसी कप २०२१ प्रारम्भिक चरणअन्तर्गत त्रिभुवन आर्मी क्लब र श्रीलङ्का पुलीसबीच यही चैत २५ गते प्रतिस्पर्धा हुने भएको छ । दशरथ रङ्गशालामा दिउँसो ३ बजे हुने उक्त खेल नकाउटका आधारमा खेलाइने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्रका प्रमुख ब्रजेश महर्जनले जानकारी दिनुभयो ।

     
    उक्त प्रतियोगितामा भाग लिन श्रीलङ्कन टोली चैत २२ र २३ गते काठमाडौँ आउने भएको छ । उक्त प्रतियोगिताका हेर्नका लागि विशिष्ट श्रेणीका लागि रु ५०० र साधारणतर्फ रु ३०० शुल्क कायम गरिएको बताइएको छ । सो प्रतियोगिताका तयारीका लागि आर्मीका खेलाडीलाई बन्द प्रशिक्षणमा राखिएको छ ।

प्रतियोगिताका लागि रु २० लाख खर्च लाग्ने अनुमान गरिएको एन्फाका प्रवक्ता किरण राईले जानकारी दिनुभयो । आर्मी क्लबले श्रीलङ्कका टिमलाई सशक्त प्रतिस्पर्धी टिमकैरुपमा लिएको जनाएको छ ।
–––