🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

हरिद्वारमा ज्ञानेन्द्र व्यस्त, दिल्लीमा ४ दिन कसरी बिताउलान् ?

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह भारतको हरिद्वारमा आयोजित कुम्भ मेलामा प्रमुख अतिथिका रूपमा सहभागी छन् ।  पत्नी कोमल, स्वकीय सचिव सागर तिमिल्सिना र संवाद सचिव डा. फणि पाठकसहित पुगेका ज्ञानेन्द्रलाई त्यहाँ उच्च सम्मान गरिएको छ । 

२०७७ चैत २९ गते आइतबार मात्रै उनले मेलामा सहभागीलाई सम्बोधन गर्दै धारणा राखेका छन् । नेपालमा हिन्दू धर्ममाथि बाह्य दबाब, प्रभाव र प्रलोभन बढेकाले यसको रक्षाखातिर जुट्नु पर्ने बेला आएको उनको भनाइ छ । 

२०७७ चैत ३० गते सोमबार ज्ञानेन्द्रले विश्व हिन्दू सम्राटका हैसियतले गंगा स्नान गर्दैछन् । उनले स्नान गरेपछि मात्र शंकराचार्यहरूसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पीठाधीशहरूले स्नान गर्ने कार्यक्रम छ ।

शाह मंगबार पनि यही मेलामा व्यस्त हुनेछन् । उनी आफू बसेको होटल ऋषिकेशबाट बिहानद ९ बजे निस्किएर दक्षिणकाली मन्दिर चण्डीघाट हरिद्वार जानेछन् । सोही दिन उनी कंकाल आश्रम हरिद्वार र त्यहाँबाट अध्याय शक्ति महाकाली आश्रम हरिद्वार पुग्नेछन् । आचार्य महामण्डलेश्वर कैलाशानन्द गिरीजीले आयोजना गरेको चियापानमा सरिक हुन उनी त्यहाँ जान लागेका हुन् । 

२०७७ चेत ३१ गते मंगलबार नै मास गंगा आरतीमा पनि उनी सहभागी हुने कार्यक्रम तय छ । 

मेलाकै क्रममा उनले १० हजार साधु सन्तलाई भोजन गराउनेछन् । यसपछि भने उनको धार्मिक यात्रा सम्पन्न हुनेछ । 

बुधबार उनी होटल ऋषिकेशबाट नयाँ दिल्ली प्रस्थान गर्ने कार्यक्रम छ । दिल्लीमा उनी ४ दिनसम्म रहनेछन् । उनले कसरी ४ दिन दिल्लीमा बिताउँछन् भन्नेबारे भने केही बताइएको छैन । 

ज्ञानेन्द्र भारत भ्रमण सकाएर ०७८ वैशाख ५ गते स्वदेश फर्कनेछन् । 
\"\"