काठमाडौं । संघीयतामा गएको मुलुक सात वटा प्रदेशमार्फत यसलाई संस्थागत गर्न जुटिरहेको छ । संंघीयताको संस्थागत विकास गर्नकै लागि धमाधम निर्वाचन हु“दैछन् । तर, संघीयतालाई आफ्नो एजेन्डा मान्ने माओवादीभित्रैका एक नेता भने एकपछि अर्को नया“ मुद्दा ब्यु“ताउ“दै संघीयता कार्यान्वयन पक्षलाई जटिल बनाउन उद्दत देखिएका छन् ।
कहिले एलडीओलाई शौचालयमा थुनेर त कहिले मन्त्रिपरिषद् बैठकमै चरचरी बाझेर चर्चामा आएका माओवादी केन्द्रका नेता मात्रिका यादवले फेरि उस्तै शैली देखाउन सुरु गरेका छन् । प्रचण्ड नेतृत्वको माओवादीबाट अलग भएपछि गुमनाम प्रायः बनेका यादवले पार्टी लाइन विपरीत एक मधेस, एक प्रदेशको मागलाई फेरि व्यु“ताएका हुन् । मधेसका हार्डलाइनर नेताहरूले समेत बिर्सिसकेको एजेन्डा यादवले अचानक बोक्न थालेपछि राजेन्द्र महतोहरू समेत चकित परेका छन् । मात्रिकाले पार्टी लाइन विपरीत नया“ माग लिएर मोर्चा कसेपछि माओवादी केन्द्रमा त यसको चर्को आलोचना भएको छ ।
माओवादी केन्द्रको नीति विपरीत यादवलगायतका नेताहरूले २०७४ साउन ७ गते शनिबार मात्रै एक संगठन निर्माण गरेका हुन् । मधेसी भ्वाइस एसेम्बली नाम दिइएको संगठनमा यादवसहित मधेसकेन्द्रित पार्टीमा आवद्ध ५ जना नेता छन् । मात्रिकासंगै राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका एक सदस्य महेन्द्र राय यादव, नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष रिजवन अन्सारी, नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी) का अध्यक्ष विकास तिवारी र नया“ शक्ति नेपालका नेता डा. रामदयाल साह एक मधेस एक प्रदेश हुनुपर्ने बेमौसमी अलाप गर्न थालेका छन् ।



