🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

एमालेभित्र चर्कियो टिकट किनबेच काण्ड अन्तरघातमा को को नेता मुछिए ?

काठमाडौं । दुई चरणको स्थानीय चुनावमा कांग्रेसलाई पछि पारेर पहिलो दल बन्दा पनि एमालेभित्र चुनावलाई लिएर बिभिन्न असन्तुष्ट चुलिएका छन् । विशेषतः आन्तरिक कारणले कम्तीमा ४० स्थानीय तह गुमाउनुपरेको प्रारम्भिक रिपोर्टपछि एमालेमा खैलाबैला मच्चिएको हो । एमाले स्थायी कमिटी बैठकले तल्ला कमिटीहरूबाट चुनावी समीक्षा रिपोर्ट मागेको छ । दोलखा, बैतडीलगायतका केही जिल्लाबाट कारवाहीका खबर समेत आएका छन् । 
एमाले महासचिव इश्वर पोखरेलले केही मिडियामा दिएको अन्तर्वार्तामा पनि अन्तरघातका कारण ३० सिट गुमाउनुपरेको बताएका छन् । तर पछिल्ला रिपोर्टहरूले पार्टीका ठूला नेता समेत टिकट किनबेच, अन्तरघात र चुनाव हराउने प्रकरणमा मुछिएका छन् । 
एमाले सम्बद्ध उच्च स्रोतका अनुसार, १ नम्बर प्रदेशका संयोजक भीम आचार्यनै अनुसन्धानको घेरामा छन् । विशेषतः मोरङको टिकट किनबेच र सुनसरीको प्रकरणमा आचार्य मुछिएका हुन् । केन्द्रीय सदस्य तथा मोरङ जिल्ला सहइन्चार्ज रुपनारायण श्रेष्ठले प्रारम्भिक बयानमा टिकट किनबेच प्रकरणमा आचार्यका साथै मोरङ जिल्ला अध्यक्ष बिनोद ढकालको समेत नाम पोलेका छन् । त्यसो त बिराटनगर महानगरमा बिनोद ढकाल हराउन एमालेकै पूर्व जिल्ला अध्यक्ष महेश रेग्मी, केन्द्रीय सदस्य जीवन घिमिरे, अखिलका केन्द्रीय सचिव वसिम आलमलगायतका नेताहरू नै लागेको आरोप पनि छरपस्ट भएको छ । 
 झापामा पार्टीले अनपेक्षित पराजय भोग्नुमा अग्नि खरेल, दिपक कार्की र हिक्मत कार्कीहरूको लफडाले काम गरेको रिपोर्ट छ । तर झापा जिल्ला अध्यक्ष चिन्तन पाठक आफैं पनि त्यसमा जिम्मेवार रहेको अर्को पक्षको आरोप छ । उनीमाथि मेची नगरपालिकालाई उपमहानगर बन्न नदिएको आरोप छ । चुनाव हार्दैगर्दा मेचीनगर नगरपालिकाका एमाले उम्मेदवार बिष्णु प्रसाईले सोही क्षेत्रका सांसद तथा केन्द्रीय सदस्य रविन कोइरालालाई हातले अश्लील इशारा गर्दै अब देख्लास् भनेको प्रत्यक्षदर्शीले बताए । 
भोजपुरमा एमालेले अप्रत्याशित पराजय व्यहोर्दै गर्दा घमण्डी र जनाधार गुमाई सकेका शेरधन राईले गर्दा भोजपुरमा एमालेले नराम्रो पराजय भोग्न बाध्य हुनु प¥यो । यिनै शेरधन राई, राजेन्द्र राई, कृपासुर शेर्पा जस्ता नेताहरूको आपसी मनमुटाबले पराजय भोग्ने काम गरेको चर्चा चलेको छ । नेताहरूले एकले अर्कोलाई देखाई दिने घमण्डले गर्दा  शेरधनको गाउ“पालिकामा माओवादीले जित्यो भने राजेन्द्रको नगरपालिकामा कांग्रेसले जित्यो । 
 उता उदयपुरमा पोलिटव्यूरो सदस्य जगन्नाथ खतिवडाले पैसा खाएर टिकट बेचेको आरोप अहिले पनि लागेकै छ । उदयपुरमा टिकट खरिदविक्रीका बाबजुद पनि एमालेले राम्रो नतिजा ल्यायो । तर जगन्नाथ खतिवडाको भने अब राजनीति सकिएको चर्चा उदयपुरमा छ । उनले २०६४ मा शम्भु थापालाई अन्तरघात गरेको आरोप अहिले पनि कायमै छ । 
टिकट किनबेच काण्डमा यसपटक काठमाडौंका जिल्ला अध्यक्ष कृष्ण राई पनि मुछिएका छन् । विशेष गरि उनी आफैं मतदाता रहेको गोकर्णेश्वर नगरपालिकामा जग्गा दलालबाट नगद लिएर टिकट दिएको आरोप उनीमाथि लागेको छ । गोकेर्णेश्वरमा कृष्ण राई आफैं वा गोपाल बराललाई टिकट दिएको भए एमाले हार्ने थिएन । त्यस्तै चन्द्रागिरी, दक्षिणकाली र नागार्जुन नगरपालिकामा पनि एमालेले चरम अन्तरघातका कारण हारेको प्रारम्भिक रिपोर्ट छ । 
 काठमाडौं २९ वडामा समेत पैसामा टिकट किनबेच हु“दा एमालेले पराजय व्यहोरेको छ । अन्तरघातको आरोपमा अन्य केही केन्द्रीय नेता समेत तानिने सम्भावना बढेको छ । जुम्ला र कालिकोट अनि मुगुमा यस्तो भएको प्रारम्भिक रिपोर्ट आएको छ । दार्चुलामा केन्द्रीय नेता वीरवहादुर ठगुन्ना चुनावी अभियानमै देखिएनन् । अछाममा केही जिल्ला नेताहरूले खुलेआम कांग्रेसको पैसा खाएर बन्निगढी जयगढ गाउ“पालिकामा एमालेका पूर्व जिल्ला अध्यक्ष कमल तिमल्सेनालाई हराएको आरोप छ । दोलखा नेकपा एमालेले स्थानीय तह निर्वाचनमा पार्टी हराउने भूमिका खेल्ने, अन्तरघात गर्ने ९ जना नेता, कार्यकर्तालाई निश्काशन गरेको खबर छ । २०७४ साउन ४ गते बसेको एमाले जिल्लाको पार्टी सचिवालयको बैठकले दिनेश उप्रेती, प्रेम थापा, शैलेन्द्र खडका, धनबीर थामी, कर्मा थामीसहित ९ जनालाई निष्काशन गरेको खबर छ ।
निर्वाचनमा बिपक्षी पार्टीलाई सघाएको र पार्टी उम्मेदवार हराउन भूमिका खेलेको प्रमाणित भएपछि उनीहरूलाई निश्काशन गरिएको दोखला एमालेले जनाएको छ । केही नेताहरूको नाम सार्वजनिक गर्न लाग्दा भने रोकिएको खबर छ । सोलुखुम्बुमा बच्चु श्रेष्ठलगायतका केही नेताको स्वार्थका कारण अन्तिम घडीमा टिकट खोसिदा एकमात्र नगरपालिकामा मेयर हारेको गुनासो आएको एमाले स्रोतले जनाएको छ । नत्र सोलुखुम्बुमा कांगं्रेस क्लिन स्वीप हुने थियो । खोटाङ जिल्लामा गम्भीर ढंगको अन्तरघात भएको भन्दै विशेष छानविन गर्नुपर्ने देखिएको छ । पाल्पा र बा“केमा पनि छानविन भइरहेको एमाले स्रोतले जनाएको छ । एमालेले केन्द्रबाटै विशेष छानविन गर्नुपर्ने जिल्लामा झापा, मोरङ, सुनसरी, भोजपुर, खोटाङ, बा“केलगायत छन् । त्यस्तै म्याग्दीमा पनि एमालेले विशेष छानविन गर्ने भएको छ ।