– सुन्दर बस्नेत
काठमाडौं । मधेश आन्दोलनपछि निरन्तर तराईका जिल्लाहरूमा आईएनजीओको प्रभाव विस्तार हुन थालेको छ । उनीहरूले तराईका जिल्लामा राजनीतिक उद्देश्यसमेत राखेर परियोजना सञ्चालन गर्न थालेको कुरा उनीहरूका गतिविधिले पुष्टि गर्दछ । गत आर्थिक बर्षमा मात्रै तराईका २० जिल्लामा आईएनजीओले २४ अर्ब रुपैया“ लगानी गरेको तथ्यांक नै बोल्छ । २४ अर्ब रुपैया“ बराबरका परियोजना विगत दुई÷तीन बर्ष यता मात्रै रहस्यमय ढंगबाट बढेका हुन् ।
त्योभन्दा पहिला तराईभन्दा पनि काठमाडौं आसपासका रामेछाप, दोलखा, काभ्रे, सिन्धुपलाञ्चोक, नुवाकोट, धादिङ, गोरखलगायतका पहाडी जिल्ला जहा“ जनजाति समुदायको बस्ती बढी थियो त्यसमैमा परियोजना सञ्चालन गर्ने गरेका थिए । तर,अहिले मधेशमा राजनीतिक निहीत उद्देश्य राखेर पश्चिमा आईएनजीओ आक्रमक रुपमा तराई ओर्लिएका छन् । त्यसमाथि उनीहरूले २४ अर्ब रुपैया“ मध्ये अधिकांश रकम भने सरकारी बजेटरी भन्दा बाहिरबाट खर्चिरहेको देखिन्छ । सरकारले सञ्चालन गरेका र छनौट गरेका परियोजनाभन्दा पनि आप्mनै योजनाअनुसार परियोजना सञ्चालन र लगानी बढाए पनि नेपाल सरकारले भने कुनै चासो दिएको पाइ“दैन ।
अर्थ मन्त्रालय र समाज कल्याण परिषदबाट देखिएको तथ्यांक अनुसार, आईएनजीओेहरू परियोजना लिएर तराईका जिल्लामा गएको देखिएपनि परियोजना धेरै रकम थोरै पनि देखिएको छ । अर्थात् अर्कै गुप्त उद्देश्य बोकेर तराईमा थोरै लगानीका परियोजना सञ्चालन गरेर भएपनि तराईका प्रवेश गर्नै चाहेको जस्तो देखिन्छ । अर्थ मन्त्रालयका अधिकारीहरूका अनुसार, आईएनजीओेका परियोजनाको संख्या तराईमा बढेको छ । तर, ती धेरै बजेटको आधारमा परियोजना हुने भएकाले चालू आर्थिक बषर््ँको चाहिं यकिन रकम भन्न सकिने अवस्था छैन । तर, संख्या कै हिसाबले भन्न सकिने अवस्थामा भने अहिलेसम्म छैन । विगतमा सरकारी बजेट बाहिर पनि परियोजना सञ्चालन हुने गरेका कारणले पनि परियोजनाको संख्या यकिन गर्न समस्या हुने गरेको छ । गत आर्थिक बर्ष पनि चितवनमा सरकारी बजेट बाहिर रहेर १७ वटा र बजेटभित्र २० वटा परियोजना थिए । धनुषामा बजेटभित्र २१ वटा र बजेटबाहिर १६ वटा परियोजना, बारामा १२ वटा बजेट बाहिर १९ वटा सरकारी बजेटभित्र परियोजना सञ्चालन भएको तथ्यांकबाट देखिन्छ ।
७ सय परियोजनाको २४ अर्ब रुपैया“
समाज कल्याण परिषद र अर्थ मन्त्रालयको तथ्यांक अनुसार तराईका २२ वटा जिल्लामा ७३ वटा आईएनजीओेले परियोजना सञ्चालन गरेका छन् । अधिकांश अमेरिका र युरोपियन आईएनजीओका कार्यक्रम पनि आर्थिक उपार्जन भन्दा राहत वितरण प्रकृतिका देखिएका छन् । पश्चिमाहरूको लगानीमा तराईमा परियोजनाको संख्या बढेसंगै गत आर्थिक बर्षमा ७ सय ४५ भन्दा बढी परियोजना सञ्चालनमा भेटिएका छन् । अर्थ मन्त्रालयको रिपोर्ट अनुसार ती योजना सन् २०१८÷०१९ सम्मका लागि सञ्चालन गर्नेगरी स्वीकृत लिएका छन । उक्त रिपोर्ट अनुसार ७ सय ४५ वटा परियोजनाले २३ अर्ब ८५ करोड रुपैया“ भन्दा बढी खर्च गरिरहेका छन् । यसका पछाडि लुकेको स्वार्थ कतै हामी नेपालीबीचमा रहेको भातृत्वको भावनामा दख्खल दिने उद्देश्य त होइन ? तराईको बौद्धिक जगतले प्रश्न उठाएको छ ।
कुन कुन आईएनजीओ तराईमा
नेपालमा कार्यरत २ सय ५४ वटा आईएनजीओमध्ये ७३ वटा आईएनजीओ तराईका २२ जिल्लामा क्रियाशील रहेको तथ्यांक छ । समाज कल्याण परिषद र अर्थ मन्त्रालयको तथ्याङ्क अनुसार ७३ वटा आईएनजीओेले तराईमा विभिन्न परियोजना सञ्चालन गरिरहेका छन् । अर्थ मन्त्रालयको तथ्याङ्क अनुसार ती आईएनजीओले सन् २०१८ सम्म विभिन्न परियोजना सञ्चालनका लागि स्वीकृत लिएको देखिन्छ ।
तराईमा काम गरिरहेका आईएनजीओ मध्ये सबैभन्दा धेरै अमेरिकीमूलका आईएनजीओ छन् । ती आईएनजीओका परियोजना भने अधिकारमुखी र जनचेतना अभिवृद्धिप्रति केन्द्रित जस्तो देखिन्छन् । लेटर डे सन्त च्यारिटी, डन चर्च एड, लुथरन वल्र्ड रिलिफलगायत धार्मिक नामस“ग जोडिएका आईएनजीओका परियोजना पनि सञ्चालनमा छन् । डन चर्च एडले सन् २०१६ का लागि ८ करोड ९२ लाख ८० हजार रुपैया“को बजेट खर्चिरहेको छ भने लेटर डे सन्त च्यारिटीले ९२ लाख ७४ हजार रुपैया“ र लुथरन वल्र्ड रिलिफले ५ करोड २२ लाख रुपैया“ खर्च गरेको पाइएको छ ।
जिल्ला परियोजना संख्या गत आवमा खर्चिएको कुल बजेट
झापा २७ ६१०२६७७००
मोरङ ३० ८२९०८४१००
सुनसरी ३१ १०१३२५०६००
उदयपुर २७ ९७४९०२०००
सप्तरी २८ ८४८३४७७००
सिरहा ३० ८४०३७५५००
धनुषा ३७ ८६५५६५८००
महोत्तरी ४० १३६१८२९४००
सर्लाही ३७ ९९८२५३७००
बारा ३१ ८६३७६९९००
पर्सा ३१ ९०२१७७९००
रौतहट ३४ ९०५३९२६००
मकवानपुर ३८ १२३९१२६३००
चितवन ३७ १९९९२५५३००
नवलपरासी २२ ५९९५५००००
रुपन्देही ३६ १९१८१०३१००
कपिलवस्तु २५ ६५२३६३७००
दाङ ३८ ५५८३२२२००
बा“के ४४ १०६३१६८०००
बर्दिया ३६ ५३९९७९५००
कैलाली ५२ १६४२७०६४००
कञ्चनपुर ३४ ७८५१४१५००
जम्मा ७४५ २३,८५,१४,००,७००
तराईमा कार्यरत आईएनजीओ
आईएनजीओको नाम देश
एड एक्सन इन्टनरनेशनल स्वीजरल्याण्ड
एडव्लुओ इन्टनरनेशलन जर्मनी
ब्याक टु लाइफ जर्मनी
केयर इन्टरनेशलन अमेरिका
क्रिश्टोफल विल्डन मिसन जर्मनी
डन चर्च एड डेनमार्क
ड्युक्चे वेलथुडलाइफ जर्मनी
इको हेल्थ कम्युनिटी अमेरिका
आईकेयर फाउन्डेशन नेदरल्याण्ड
फेयरमेड फाउन्डेशन स्वीजरल्याण्ड
फिडा फाउन्डेशन फिनल्याण्ड
फिनिस इभान्जेलिकल लुथरन मिसन फिनल्याण्ड
ग्लोबल फेयरनेश अमेरिका
ह्याण्डीक्याप इन्टरनेशनल फ्रान्स
हेफर प्रोजेक्ट इन्टरनेशनल अमेरिका
हेलेन किलर इन्टरनेशलन अमेरिका
हेल्पएज इन्टरनेशलन युके
स्वीडिस डेभल्पमेन्ट पार्टनर स्वीडेन
इन्टरनेशनल डेभल्पमेन्ट
इन्टरनेशलन डेभल्पमेन्ट इन्टरप्राइजेज अमेरिका
इन्टरनेशनल फाउन्डेशन फर इलेक्टोरल सिष्टम अमेरिका
आईपास इन्टरनेशनल अमेरिका
झपिगो कोअपरेशन अमेरिका
जोन हप्टिकन्स युनिर्भसिटी अमेरिका
करुणा फाउन्डेशन नेदरल्याण्ड
किदाशा युके
लेटर डे सन्त च्यारिटी अमेरिका
लुथरन वल्र्ड फेडेरेशन स्वीजरल्याण्ड
लुथरन वल्र्ड रिलिफ अमेरिका
मेरीस्टोप इन्टरनेशनल युके
मेनोनाइट सेन्टरल कमिटी क्यानडा
फेरीक्रप्स युके
माइराइट्स स्वीडेन
नेशनल डेमोक्र्ट्स इन्स्च्यिुट अमेरिका
नेपाल ल्याप्रोसी टस्ट युके
नेप्लीज युथ फाउन्डेशन अमेरिका
नेदरल्याण्ड ल्याप्रोसी रिलिफ नेदरल्याण्ड
निक सिमोन अमेरिका
अक्सफाम युके
प्लान इन्टरनेशनल युके
पपुलेशन सर्भिस इन्टरनेशनल अमेरिका
प्राक्टिकल एक्सन युके
रेष्टलेस डेभल्पमेन्ट अमेरिका
रुम टि रिड अमेरिका
रुरल एजुकेशन एण्ड डेभल्पमेन्ट अमेरिका
सेफर वल्र्ड युके
सेभ दी चिल्डेन युके
सर्च फर कमन ग्राउन्ड वेल्जियम
सर्भिस फ्रेन्डस् इन्टरनेशनल कोरिया
सेभा फाउन्डेशन अमेरिका
शान्ति मेड नेपाल स्वीजरल्याण्ड
भेल्डवर्क नेदरल्याण्ड
स्टोमी फाउन्डेशन नर्वे
समर इन्स्च्यिुट अफ लिडवीस्टीक अमेरिका
सनराईज चिल्डेनस् एशोसिएशन अस्टेलिया
स्वीस फाउन्डेशन फर टेक्निकल कोअपरेशन स्वीस
दी एडभेन्टी डेभल्पमेन्ट रिलिफ एजेन्सी अमेरिका
कोइस्थेर वेन्जामिन टस्ट युके
दी फ्रेड हलोज फाउन्डेशन अस्टेलिया
दी इन्टरनेशलन सेन्टर फर टान्जिसनल जस्टिस् अमेरिका
दी ल्याप्रोसी मिसन युके
दी नर्वेजियन एशोसिएशन अफ दी व्लाइन्ड नर्वे
टान्सफरेन्सी इन्टरनेशनल इयु
युएम ह्डगिल ह्युमन राइट्स कोरिया
वाटर एण्ड नेपाल युके
वल्र्ड एसेम्बली अफ मुस्लिम युथ साउदी
वल्र्ड एजुकेशन अमेरिका
वल्र्ड मोविलाइजेशन व्राजिल
वल्र्ड वाइड लाइफ फन्ड अमेरिका
जिओलोजिकल सोइसटी अफ लन्डन युके
हिमालयन प्रोजेक्ट अमेरिका
चान्स फर चेन्ज युके
सिसिएस इटाली इटाली




