🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

पदाधिकारी चयनमा महासचिव भुसाललाई ठेगान लगाउन माधव-झलनाथकाे गठबन्धन !

काठमाडाैं । एकीकृत समाजवादी (एस)ले महाधिवेशनमा चुनाव छलेर आएपनि पदाधिकारी चयनमा अब चुनाव गर्न लागेको बताएकाे छ । पदाधिकारी चयन गर्दा चुनावबाट गर्ने भएपछि अध्यक्ष माधव नेपालको रणनीति रहस्यमय देखिएको छ । माधव नेपाल सुरुमा केन्द्रीय कमिटीमा चुनाव गर्न नहुने पक्षमा रहेका थिए ।

स्राेत भन्छ,  पछिल्ला दिनमा झलनाथ खनाल आफ्नो टीममा आएपछि उनी चुनावी माहोलको पक्षमा उभिएका हुन् । आफू सर्वसम्मतिबाट अध्यक्ष भएपछि बाँकीलाई चुनावबाट अघि सार्न खोज्नुको रहस्य चाहिँ महासचिव घनश्याम भुसाललाई देखाईदिने नीतिसँग जोडिएको अनुमान नेताहरूले गरिरहेका  छन् ।

एकीकृत समाजवादीभित्र चलेको चर्चा अनुसार, अध्यक्ष नेपाल र महासचिव भुसालको दूरी निकै बढेको छ । असन्तुष्टि बढेपछि अध्यक्ष माधव नेपाल पछिल्ला दिनमा भुसालको समूहका नेतालाई चुनावबाट हराईदिने पक्षमा रहेका छन् । आफूनिकटका नेताहरुलाई त्यही सन्देश दिनेगरी नेपालले रणनीति बनाएका हुन् ।

   झलनाथ खनालले भने ढुलमुले, अविश्वसनीय चरित्र देखाएर यता र उता गर्दै हिड्न थालेका कारण नेपालको रणनीति सफल भएको  बताइन्छ । नेपालको रणनीति सफल भएमा एसमा भुसालको समूहका नेताहरु पदाधिकारीमा नआउने अवस्था रहेको छ । खनाल र भुसाल मिलेको अवस्थामा चाहिं नेपाल पक्षका नेताहरु पदाधिकारीमा निर्वाचित नहुने संभावना रहेको छ ।