🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

तनाव हटाउन प्रहरीलाई टिप्स– संवाद र योगा गर्नू, पेय पदार्थ पिउनू 

काठमाडौं । प्रहरी प्रधान कार्यालयले कोरोना भाइरस महामारीका क्रममा हुनसक्ने सम्भावित तनावलाई न्यूनीकरण गर्न दैनिक योगा र ध्यानमा जोडिन प्रहरीहरूलाई सुझाएको छ ।

 
‘कोभिड–१९ मा लामो समयसम्म ड्युटी गर्दा सम्भावित स्वास्थ्यसम्बन्धी व्यवस्थापन’ शीर्षकमा निर्देशिका जारी गर्दै प्रधान कार्यालयको हेल्थ डेस्कले नियमति योगा र ध्यान गर्न आफ्ना प्रहरी कर्मचारीलाई सुझाएको हो ।

कठिन परिस्थितिको सम्भावित अवस्थाबारे अनुमान गर्दै प्रधान कार्यालयले तनाव महसुस हुँदा लामो श्वास लिएर शान्त रहन भनेको छ । 

त्यसैगरी, आफ्ना पारिवारिक सदस्य र साथीभाइसँग नियमित सम्पर्कमा रहनुलाई पनि प्रधान कार्यालयले तनाव कम गर्ने टिप्सको सूचीमा राखेको छ । आत्मीयसँगको कुराकानीका क्रममा आफूले महसुस गरेको परिस्थिति र अप्ठ्यारो अनुभवबारे कुरा गरेर सकारात्मक सुझाव लिँदा तथा त्यहीअनुरूप जीवनशैली अपनाउँदा तनाव अंकुरण नहुने प्रधान कार्यालयअन्तर्गतको हेल्थ डेस्कको निष्कर्ष छ । 

अप्ठ्यारोका बेला सहायता कसरी लिने र दिने भन्नेबारे जानकारी ग्रहण गर्न पनि भनिएको छ । यसो गर्दा मन मष्तिस्कमा तनावले चिहाउन नपाउने निर्देशिकामा उल्लेख छ । 

स्वस्थ दैनिकी पालना गर्न, प्रशस्त तरल पदार्थ पिउन तथा सन्तुलित र स्वस्थ खानेकुरा खाएर दैनिक २० मिनेट हिँड्न पनि भनिएको छ । 

सोसल मिडिया र कम्प्युटरमा बस्ने बानीले तनाव वृद्धि गर्ने भएकाले यसमा भने लामो समय नबिताउन आग्रह गरिएको छ । 
कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि कार्यक्षेत्रमा खटिने प्रहरी कर्मचारीहरूमा आइपर्ने समस्या तथा चुनौतीे सामनाका क्रममा आइपर्ने समस्या व्यवस्थापन गर्न तथा व्यक्तिगत तथा पारिवारिक समस्या न्यूनीकरण गर्न निर्देशिका जारी गरिएको प्रधान कार्यालयले जनाएको छ ।  जारी निर्देशिका प्रहरीले मातहतका सबै कार्यालयमा सर्कुलर गरेको छ । 

तनाव न्यूनीकरण निम्ति प्रहरीले दिएको टिप्स पढ्न यहाँ क्लिक गर्नुहोस्