काठमाडौं । आपराधिक पृष्ठभूमि हुँदै राजनीतिमा प्रवेश गरेका दीपक मनाङ्गे(राजीव गुरूङ्ग) अन्ततः मन्त्री बन्न सफल भएका छन् । उनले २०७८ वैशाख १६ गते बिहीबार गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्रालयको सपथ लिएका छन् ।
२०७८ वैशाख १६ गते बिहीबार मन्त्रीमा नियुक्त मनाङ्गेलाई प्रदेश प्रमुख अमिक शेरचनले सपथ गराएका हुन् ।
आपराधिक पृष्ठभूमिका मनाङ्गे प्रदेशसभाको गत निर्वाचनमा मनाङबाट उम्मेदवार बनेका थिए । उम्मेदवार घोषणादेखि नै आलोचित मनाङ्गे सांसद मात्रै होइन, मन्त्रीसमेत बन्न सफल भएका छन् ।
एमालेले उनलाई मन्त्री नियुक्त गरेपछि विभिन्नखाले नकारात्मक टिका–टिप्पणी भइरहेका छन् । अधिकांशले एमालेले लोकतन्त्र र गणतन्त्रको नै धज्जी उडाएको भन्दै आलोचना गरिरहेका छन् ।




