🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अक्सिमिटर कालोबजारी गरेको अभियोगमा पक्राउ

पर्सा, २०७८ वैशाख २५ गते ।  पल्स जाँच गर्ने मेसिन अक्सिमिटर कालोबजारी गरेको अभियोगमा वीरगञ्ज महानगरपालिका-१६ नगवा बस्ने ३२ वर्षीय रामहरि तिवारीलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

तिवारीले आफ्नै घरमा रहेको औषधि पसलमा १ हजार ९ सय रुपैयाँ पर्ने अक्सिमिटरलाई ३ हजार ५ सय रुपैयाँ भन्दा बढी मूल्य लिई विक्री गरी कालोबजारी गरेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । साथै उक्त पसलबाट १२ थान अक्सिमिटर समेत प्रहरीले बरामद गरेको छ ।

उनी उपर कालोबजारी सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।