🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

निफः चलचित्रमा अस्वस्थ प्रतिस्पर्धा भएकामा प्रताप सुब्बा दुःखी

काठमाडौँ, २६  वैशाख(रासस) : नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव (निफ)को चौथो संस्करणको तेस्रो दिनमा वैशाख २५ गते चलचित्र निर्माता एवं निर्देशक प्रताप सुव्बाले चलचित्र क्षेत्रका अनुभव सुनाउनुभएको छ  ।
परालको आगो, बाँच्न चाहने जस्ता चलेका चलचित्रको निर्माण गर्नुभएका सुब्बाले त्यस समयको चलचित्र जगतकाे दुःख सुनाउनुभयो  ।

आफूले त्यस बेलामा सीमित श्रमशक्ति, पूँजी, प्रविधिका अभावका बीचमा पनि धेरै कलाकारको विकास गर्न सफल भएको उहाँले बताउनुभयो । चलचित्र जगतबाट पैसा कमाउनुभन्दा पनि विकास र विस्तार गर्ने नै मुख्य उद्देश्य रहेको बताउनुभयो ।

पहिले चलचित्रबीच स्वस्थ प्रतिस्पर्धा भएको र  राम्रा चलचित्र निर्माण  गरिए पनि  अचेल अस्वस्थ प्रतिस्पर्धा भई अनावश्यक राजनैतिक हस्तक्षेप हुने गरेको बताउनुभयो ।

त्यस बेला नेपाली समाजका मौलिक चलचित्र निर्माण हुने गरेकामा आजकाल विकृति आएकामा उहाँले चिन्ता व्यक्त गर्नुभयो ।