🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

युवा मन : ‘मानवीय सेवा हुनु त यस्तो पो’

काठमाडौँ, ३१ वैशाख (रासस) : विपद्का अवस्थामा मानवीय सेवाका लागि धन नै चाहिन्छ भन्ने होइन, मन भए पुग्छ । चन्द्रागिरि नगरपालिका– १२ का छ युवाले नगरपालिकासँगको समन्वयमा आफ्नो व्यवसायलाई नै मानवीय सेवामा लगाइ नयाँ उदाहरण देखाएका छन् ।

    उहाँहरुले अहिले आफूसँग रहेका सवारी साधनमध्ये पाँचवटा कार  तथा एक मोटरसाइकल  गर्भवती, सुत्केरी,दीर्धरोगी  तथा डायलोसिस लगयत अन्य  बिरामीलाई अस्पताल लैजान र ल्याउनको लागि निः शुल्क व्यवस्था गर्दै सेवा शुरुआत गरेका छन् ।  कोरोना महामारीका विषम अवस्थामा बिरामीलाई सहज स्वास्थ्य सेवाको पुहँचसम्म पु¥याउन  सो सेवा शुरु गरेका बताइएको छ ।

गुर्जुधारास्थित भेहिकल एकेडेमी एण्ड रिसर्ज सेन्टरका सञ्चालक समेत रहेका युवा व्यवसायी राजेश  घिमिरे (९८५१०२२१८९) ,रामनारायण घिमिरे (९८५१० ८८१९९) ,माधवप्रसाद अधिकारी (९८५१०८१४४१), विदुरप्रसाद अधिकारी( ९८५१०९५०२६) देवेन्द्र प्रधान (९८५१०४४८३३) र पूर्णप्रसाद श्रेष्ठले( ९८५११७१२३७) ले आजदेखि सेवा  सञ्चालनमा ल्याउनुभएको हो ।

    समाजसेवी राजेशले  सेवा २४ सैँ घण्टा उपलब्ध हुने र सेवाग्राहीले ती फोनमा सम्र्पक गरी सेवा लिन सक्ने बताउनुभयो । उहाँले भन्नुभयो “स्वास्थ्य मापदण्ड अनुसार  ती सवारी साधन तयारी गरिएको छ र  सञ्चालन हुन्छन् । यसका लागि आवश्यक चालक तयारी अवस्थामा छन् ।

बिरामीलाई चाहेका समयमा सेवा दिन्छौँ ।”कोरोनाका जोखिम हुन नदिन गतवर्ष जारी लकडाउनमा ती व्यवसायीले नगरपालिकाद्वारा स्थापित विपद्कोषमा रु एकलाख सहयोग तथा विपन्न परिवारलाई खाद्यन्न तथा राहत वितरण गर्नुभएको थियो  ।

नगरपालिकासँगको समन्वय र सहकार्यमा मास्क, स्यानिटाजर, हातधुने समाजिक अभियान समेत सञ्चालन गरेको रामनारायण बताउनुभयो । उहाँले भन्नुभयो“विपद्का समयमा राज्यले के दियो भन्दा पनि मानवीय सेवा  दिन  सेवा शुरुआत गरेका हौँ । हामी जो जहाँ छौँ, सबै मिलेर कोरोनालाई परास्त गर्न एक जुट होऔँ । सहयोगका हात अगाडि बढाऔँ । ”

 
    नगरपालिका स्वास्थ्य शाखासँग नगरक्षेत्रका मिर्गाैलाका डायलायसिस गराउनुपर्ने, क्यान्सरका किमो दिनुपर्ने तथा मुटुका   बिरामी,  तथा गर्भवती र सुत्केरी कति रहेका छन् भन्ने आधिकारीक तथ्याङ्क  छैन ।

पछिल्लो समय नगरपालिकाले आफ्ना एम्बुलेन्सलाई कोरानो सङ्क्रमितका सेवामा लगाएको छ ।  “गतवर्षका लकडाउनमा नगरक्षेत्रका मिर्गाैला, क्यान्सर , मुटु रोगी तथा गर्भवती, सुत्केरीलाई समयमा अस्पताल पु¥याँउन धेरै समस्या भयो ।

कयौ बिरामीले गाडि मिलाइदिनु प¥यो भनेर सम्पर्क गरे । यसपटकको निषेधाज्ञामा पनि यो पीडा कसैले पनि भोग्न नपरोस भनेर निः शुल्क यातायातको व्यवस्था मिलाएका हौँ।” भेहिकलका सञ्चालक माधव अधिकारीले भन्नुभयो । उहाँले कोरोना सङ्क्रमण, रोकथाम र नियन्त्रण अवधिभर सेवा जारी रहने  जानकारी दिनुभयो । –––