नेपाली सेनाका भूतपूर्वहरूले पहेंलो पट्टाबाट प्राप्त हुने रु• ४००। अहिलेकाे महँगीकाे समयमा दुई छाक तरकारीका लागि पनि अपुग भएकाले याे रकम याे जमानामा लाज मर्दो भएको गुनासाे गरेका छन् । पीडितहरू भन्छन्- किनकि नेपाली सेनामा भर्ती भइयो । गौरवशाली संस्था उच्च शिर ठूलो छाती, लक्का जवानकाे जीवनमा बेग्लै सान थियो ।
नेपाली सेना जस्ताे गाैरवशाली संस्थामा काम गर्ने जोस अनि मोराल उच्छ थियो । अहिले भू.पू भएर पनि उच्छ शिर त छ । तर के गर्ने आफू बाच्न र परिवार बचाउन अनि बच्चाको शिक्षाको लागि उच्छ शिर ठूलो छातिले नपुग्दो रहेछ चिफ साब ।
जोस र उमेर नेपाली सेनाकाे पल्टनमा सकियो । आर्थिक समस्याले गर्दा आज आएर जीवनमा नराम्रो दु:ख पाइएको छ । पहिले साथी भाइलाई स्वदेशमै दु:ख गरि पसिना स्वदेशमै बगाउनु पर्छ भन्ने गरिन्थ्यो तर आज तिनै साथीभाइको अगाडि निहुरिनु परेको छ । सायद त्यो समय विदेशतिर लागेको भए आज जीवनयापन गर्न सहज हुने थियाे । सम्पत्ति पनि कमाइने रहेछ । के गर्ने उमेर पनि सकियो अर्काको भर र विदेशी बाटोको पर्खाइमा जीवन बिताउन सफल भू.पू हरुको यो पीडा पहेंलो पट्टाले झन थपी दिएको छ ।
भनिन्छ नेपाली सेनाका भू.पू हरूका लागि दशैं मान्न र बच्चाको स्कूल एड्मिशन गर्नको लागि ६-६ महिनामा दिने मासिक रु• ४००। को दरको रकम सम्झिंदा दु:ख लाग्छ किनकि भएभरको जोस र उमेर पल्टनमा सकियो आज दशैं मान्नको लागि २ के.जी. मासु के हाम्रा नाता साथीभाइ बालबच्चा अनि इष्टमित्र हुन्न र ? अनि २ बच्चा पढ्न त्यतिले कुन क्षेत्रमा राहात हुन्छ र ? त्यसैले अझै हाम्रो जोस जाँगर उच्च मनोबल अनि ठाडो शिर झुकेको छैन किनकि आश छ उक्त पहेंलो पट्टाको मूल्य चिफसाबले जाने बेलामा रु• १५००। देखि २०००। मासिक बढाइ बक्सिन्छ आश गरौं ।
यति भए अहिलेको समयमा केही राहात हुने थियो । यो लेख अन्यथा नसोची सुझाबको रुपमा लिइदिनु होला । यही सुझावले भोलि काम गर्नेछ । सलाम छ चिफसावलाई हजुर पनि केही समयपछि भू.पू होइसिन्छ अनि थाहा हुनेछ पहेंलो पट्टाको मूल्य । त्यसैले हाम्रो माग रू. १५००। देखि रू.२०००। रहे पनि पूर्णचन्द्र थापा चिफ साब हजुरले मासिक रू. ५०००। आफू जाने बेलामा बनाइसिन्छ भन्ने हामी नेपाली सेनाका भू.पू पीडितहरूलाई पूर्ण विश्वास छ । हजुरहरुलाई पहेंलो पट्टाले कुनै फरक नपरे पनि हामीलाई ठूलो पीडा दिएकाे याे रू.४००। नखाउँ भने दिनभरीकाे सिकार खाउँ भने काका बा काे अनुहार हुने गरेको छ, चिफ साब ।
-ढकवहादुर विष्ट, नेपाली सेनाकाे पीडित भू.पू




