🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अर्थात जेमन्त – शरदराज गौतम

नेपाल प्रहरीको आन्तरिक संगठनभित्र मात्र प्रयोग हुन्छ ।
‘उनानसय भिरङ्गी’ तुक्का ।
एकताका भिरङ्गी लागेपछि लाशसितै जल्ने रोग मानिन्थ्यो ।
प्रहरी संगठनमा तिनको राम्रो साइज थियो ।
र, अहिले पनि छ ।
खासमा प्रहरी संगठनभित्र छिरेका, भिडाइएका र कहिल्यै एकाकार हुन नसकेका 
एक साइजका चरित्र विशेषका पदाधिकारीहरुलाई यो प्रयोग गरिन्थ्यो ।
गाली गरिरहँदा पनि संधैभरि बोकी हिंड्नु पर्ने चरित्र ।
भुँई मान्छेकाबीचमा काम गर्नुपर्ने भएकोले प्रहरीभित्र ती सजिलै चिनिन्छन् ।
तिनलाई ‘मानहानी’ सुविधा उपलब्ध छैन, त्यसैले ती भिरङ्गी चाल मज्जाले लिन्छन् ।
फरक त्यतिमात्रै हो, नत्र ‘उनानसय भिरङ्गी’ हरेकतिर छ ।
आए दिन यता नेपालको न्यायालय र त्यस सम्बद्ध संरचनाका दृश्य हेर्दा 
‘उनानसय भिरङ्गी’को ठूलो जमात त्यसभित्र जुम्राको गोलो भेटिए झै भेटिएका छन् ।
स्वयम् प्रधानन्यायाधीशको भिरङ्गीले रमाइलो पटकथा बनाएको छ ।
धेरैलाई लागेको थियो, न्यायालयको निष्पक्षता र एन्टिग्रिटीमा ढुङ्गा नहिर्काएको भए हुन्थ्यो ।
र, धेरैलाई अहिले पनि लागेको छ, डा. गोबिन्द केसी सिल्लड हुन ।
तर, पछिल्ला तथ्यहरु त्यसरी नै बोली राख्याछैनन् ।
तथ्यहरु भन्छन, 
नेपालको न्याय क्षेत्र अटिजम लुकाएर छोरालाई ‘राजा’ सम्बोधन गरे जस्तै हो ।
आमालाई पत्तो हुन्छ, बच्चो सुस्त छ ।
तर त्यसलाई लुकाउन आमा अटिजम छोरालाई राजा सम्बोधन दिन्छे ।
नेपालको न्याय  क्षेत्रभित्रको ‘उनानसय भिरङ्गी’को पहिलो प्रकटीकरण मात्रै हुन, गोपाल पराजुली ।
त्यस्तो पनि होइन ,
डा. गोबिन्द केसीले धक फुकाई दिएका मात्रै हुन ।
आउने दिनमा यसभित्रको उजागरले कैयनका ओछ्यान र रछ्यानको भिडियो हेर्न पाइने छ ।
पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीको बर्हिगमनको अन्तर्य धेरैले बल्ल देख्न थाले ।
आएदिन सर्बोच्च अदालतले फुकालेर देखाएका फैसलाहरुले
त्यसभित्रको ‘उनानसय भिरङ्गी’को तुक्कालाई तस्बिर बनाउन पुग्दो छ ।
ती को हुन, कस कसका हुन र केका लागि हुन भनेर ।
त्रिवि पदाधिकारिको चयन, तिनका निर्णयलाई संरक्षण दिने न्यायाधीशहरु
र, तिनको संरक्षकत्वमा हुर्किएका राजनैतिक परजीवी संञ्जाल
सबका सबको मोडेल प्रकटीकरण हो, नेपालको मेडिकल कलेज माफियाको प्रकरण ।
र, डा गोबिन्द केसी यदि सिल्लड हुन भने
मलाई लाग्दछ, हजारौंको बगालमा प्ले कार्ड बोकिनु पर्दछ ।
मलाई अचम्म कहाँनेर लागेको छैन भने
प्रधानमंत्रीको रुपमा शेर बहादुर देउवा
सारा नन्दी भृङ्गी र साला भेनाका भित्रियाँसहरुलाई ढुकुटी बाँड्न भ्याउनु हुन्छ
मुलुकसित खेलवाड गर्ने त्रिवि पदाधिकारीहरुको विघटन गर्न सक्नु हुन्न ।
अब त अति भो मित्र, तिम्रो प्रजातन्त्र ।
नाङ्गै हिंड्दा तिमलाई लाज लाग्दैन 
तर देख्नेलाई आँखा खोल्नु भा’को छैन ।
लौन क्यै त गरौं ।
नत्र तिम्रो पुनरस्थापना मात्रै होइन
तिम्रा जयवीरका सन्ततिले पनि 
यो मुलुकमा सतीको सराप होइन, 
गरीबको सरापले मुन्टो उठाउन पाउने छैनन् ।