🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

यस्ता छन् प्रधानसेनापति थापाका १००० दिनका उपलब्धि 

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनाको नेतृत्व लिएको आज १००० दिन पुगेको छ । थापाले यो अवधिमा आफूले गरेका उपलब्धि सार्वजनिक गरेका छन् । उनले आफ्नो उपलब्धिका रूपमा सकल दर्जाको पेन्सन अवधि पुनरावलोकनदेखि भ्रष्टाचार र अनियमिततामा अपनाइएको शून्य सहनशीलतासम्मलाई समेटेका छन् । 

आफ्ना ती उपलब्धिलाई उनले नेपाली सेनाको विशेषांकमा उल्लेख गरेका छन् । 

थापाले निवृत्तिभरण अवधि पुनरावलोकन गरी सकलदर्जाको सर्वाधिक चासो सम्बोधन गरेको विषयलाई आफ्नो उपलब्धिका रूपमा व्याख्या गरेका छन् । सैनिक जवानलगायतको पेन्सन अवधि २० वर्ष रहेकोमा थापाले सैनिक नियमावली संशोधन गराएका थिए । जसबाट सेनाको तल्ला दर्जाका सैनिक बढी लाभान्वित भएका छन् । 

सैन्य कूटनीतिमा फौजको सहभागिता पनि थापाको १००० दिनको मुख्य उपलब्धिमा समेटिएको छ । दक्षिण एसियाकै सबैभन्दा पुरानो र लामो इतिहास भएको नेपाली सेनाले स्थापनाकालदेखि नै विभिन्न मित्रराष्ट्रहरूसँग सैन्य सम्बन्ध स्थापित गर्दै आएको छ । थापाले पछिल्लो १००० दिनमा चीन, भारतलगायत देशमा भ्रमण गरेर तथा त्यहाँबाट नेपालमा भ्रमण गराएका छन् । जसलाई उनले आफ्नो उपलब्धिका रूपमा व्याख्या गरेका छन् । 

त्यसैगरी फौज केन्द्रित कल्याणकारी सुविधा तथा सहुलियत विस्तार, प्रभावकारी र पारदर्शी भर्ना छनौट प्रक्रिया, अवसर, पुरस्कार र दण्ड साजयसम्बन्धी नयाँ नीति लागू, कोभिड–१९ प्रतिकार्यमा खेलेको भूमिका, डिजिटलाइजेसनतर्फ चालिएको पहलकदमी, र शान्ति सेना छनौटमा लागू गरिएको पारदर्शी कार्यविधिलाई पनि आफ्नो कार्यकालमा लागू गरेका छन् । जसलाई थापाले आफ््नो मुख्य उपलब्धिका रुपमा चिनाएका छन् । 

विपत्तिमा नेपाली सेनाले खेलेको भूमिका , एकीकरण मार्ग कार्यक्रम, सैन्य तालिममा गरिएको सुधार, नागरिकको माझमा पुगेर सेनाले गरेको लोक कल्याणकारी कार्य, हिताधिकारीको सीप र स्वरोजगार विकासमा कल्याणकारी कोषले गरेको लगानी, प्रकृति र पर्यावरण संरक्षणमा फौजको योगदान र अनियमिततामा शून्य सहनशील्तालाई पनि थापाले आफ्नो मुख्य उपलब्धि मानेका छन् । न्यायोचित काज व्यवस्थापन, शीघ्र निर्माण र मितव्ययिता, गुणस्तरीय र सुरक्षित आवास, कल्याणकारी कोषले गरेको शैक्षिक लगानी, गुनासो इकाइ, खेलकुद विकासलाई थापाले उपलब्धिका रूपमा पेस गरेका छन् । 

राष्ट्रिय सेवा दलको सुदृढीकरण, पर्यावरण संरक्षण खातिर गरिएको हिमाल सफाइ, सैनिक कल्याणकारी कोषमा भएको उल्लेख्य वृद्धि, सैनिक अस्पतालको वृद्धि, दीर्घकालीन सोचमा आधारित राष्ट्रिय सुरक्षा योजना, सरुवा तथा नियुक्ति मापदण्ड, नेपाली सेना, प्रधानसेनापति र कमाण्डको नयाँ झण्डा पनि थापाले आफ्नो कार्यकालमा लागू गराएका छन् ।