एक अध्ययनले खरबुजाको प्रयोगले हृदयघातको समस्याबाट बचाउनुका साथसाथै खराब कोलेस्ट्रोल निर्माण हुन बन्द गर्दछ । जसले शरीरको तौल वृद्धि हुनबाट रोक्दछ । अमेरिकाको पुरदे विश्वविद्यालयका शोधकर्ताहरूले मुसामा गरेको अनुसन्धानमा खरबुजाले मुसामा अधिक गर्मीको मात्रालाई कम गरेको साथै खराब कोलेस्ट्रोल ‘लो डेन्सिटी लिपोप्रोटिन(एलडीएल)’ वृद्धि हुन रोक्ने गरेको पाइएको थियो । एलडीएल एउटा यस्तो कोलेस्ट्रोलको प्रकार हो जसले धमनीहरूमा रक्तसंचार रोकावट पैदा गरी हृदयघातलाई बढाउने गर्दछ । खरबुजामा पाइने स्रिटयूलाइन तत्व पाइने जसले शरीरको आन्तरिक तापक्रमलाई कम गर्नुका साथसाथै रक्तचापको कम गरी हृदयघात रोक्ने गर्दछ । यो शोध रिपोर्ट जर्नल अफ न्यूट्रिशन्ल बायोकेमेस्ट्रिमा प्रकाशित भएको छ ।




