कल्याणकारी योजना निर्देशनालयको प्रमुख सेनानी गुप्तबहादुर कुँवर र सुक सन्तमान श्रेष्ठले मनोमानी र आफु ठुलो हो भनि काम गर्ने परिपाटीले हामी छात्रवृत्ति रकम पाउनबाट वञ्चित भएका छौं । नेपाली सेनामा छात्रवृत्तिको रकम कहिले बाँड्ने हो भनेर थाहा छैन ? कि त काम गर्ने कोही छैनन् ? शैक्षिक सत्र ०७६/०७७ को बाँडेर अहिले २०७८ को छात्रवृत्ति रकम बाँड्ने बेलामा कहिलेको छात्रवृत्तिको रकम बाँड्न लागेको भन्ने छात्रवृत्ति बाँड्नेलाई नै थाहा छैन ।
२०७७ को छात्रवृत्ति बाँड्ने भनेर कागजपत्र माग गरी जेठ १५ सम्म रकम वितरण गरी फाँटवारी पठाउनु भनि रकम निकासा भएपनि अहिले आएर फेरी २०७७ को नभई २०७६ को छात्रवृत्ति रकम हो भनि मूर्ख बनाउने काम गरिएको छ । सोही अनुसार वितरण गरेर असार १५ गतेसम्म फाँटवारी पठाउनु भनेर फेरी परिपत्र गरिएको छ ।
त्यसमा पनि कसैको पाँच पासको छ कसैको छैन, कसैको १२ पासको छ कसैको छैन, कोही भक्तपुरमा अध्ययन गर्नेको रकम गएको छ, कसैको काटिएको छ । यस्तो वेथिति र मनामोनी कसरी र किन गरियो यसको विषयमा पुरै छानबिन हुनुपर्यो । के सम्पूर्ण नेपाली सेनाका फाल्वर्सदेखि रथीवृन्दहरु सबैलाई सुक सन्तमान श्रेष्ठले थाङ्नामा सुताएको हो कि के हो । कि सन्तमानले जे गरे प्रसे गुप्तबहादुर कुँवर उसैको निर्देशनमा चल्ने हो ? के त्यसलाई नियमन गर्ने कुनै निकाय छैन ? कि यस्तो मनोमानी गर्दा आँखा चिम्लिने गरिन्छ ?
के यो कल्याणकारी योजना निर्देशनालयका निर्देशकको जिम्मामा पर्दैन ? यति धेरै गुनासो आउँदा र हामीहरु प्रसे र सुकको चेपुवामा पर्दा पनि कसैके ध्यान गएको छैन । कल्याणकारी योजना निर्देशनालयको निर्देशकज्युले वास्ता गर्नुभएन । तर यसको जिम्मेवारी प्रधानसेनापतिले पनि लिनुपर्दछ ।
प्रधानसेनापतिज्यूको १ हजार दिनको कामको प्रगति प्रतिवेदनमा सबै राम्रो कामको चर्चा मात्र भएको छ । त्यही कामलाई हुनेवाला प्रधानसेनापतिज्युले पनि फलो गर्नुहुन्छ भन्ने छ । प्रसे गुप्तबहादुर कुँवर र सुक सन्तमानको मनोमानी र ठगी कामलाई पनि फलो गर्नुहुन्छ कि के ? हाम्रो गुनासो सुन्ने कोही पनि भएन । गुल्म, गण, वहिनी र पृतनामा भन्यो भने यो हाम्रो जिम्मेवारी होइन भन्ने गरिन्छ । अनि सबैको प्रधानसेनापतिज्यूको पुग्ने हैसियत छैन, अनि पत्रिकामा लेख्यो भने प्रधानसेनापतिका आसेपासेले यो पत्रिकाको कुरा सुन्नु नै पर्दैन जति पत्रिकामा नाम आयो त्यति राम्रो हुन्छ भन्ने गर्छन् । त्यसो भए गुप्तबहादुर कुँवर र सन्तमानलाई यसैपाली तक्माको सिफारिस गर्न समेत हामी आभार व्यक्त गर्दछौं । होइन भने यस्ता मनोमानी र बेथिति गरी हाम्रो छात्रवृत्ति रकम पचाउने प्रसे र सुकलाई किन कारबाही हुँदैन ?
हामीले पाउने छात्रवृत्ति रकम पाउँ भन्दै त्यस्ता काम गर्ने प्रसे गुप्तबहादुर कुँवर र सुक सन्तमान श्रेष्ठलाई तुरुन्त कारबाही गनुपर्यो भन्दै यो गुनासो श्रीमान प्रधानसेनापतिज्युमा जाहेर गर्दछौं ।
–वहालवाला तथा भुपु सकल दर्जाहरु




