🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सेनाबाट बाढी पहिरो पीडितहरुका लागि मेडिकल क्याम्प सञ्चालन तथा उद्धार

काठमाडाैं । अविरल वर्षाको कारण बाढी पहिरो र डुबानहरुबाट प्रभावित सिन्धुपाल्चोक, मुगु र मनाङ जिल्लाका विभिन्‍न स्थानहरुमा नेपाली सेनाको जनशक्ति तथा श्रोत साधन प्रयोग गरेर  मेडिकल क्याम्प तथा उद्धार कार्यहरुका साथै तात्कालीन अवस्थामा राहत समेत वितरण र संचालन गरिएको छ ।

\"\"
हाल नेपाली सेनाकाे सक्रियतामा बाढी पहिरो र डुबानहरुबाट प्रभावित जनताकाे उद्धार गरिएकाे विवरण प्राप्त भएकाे छ ।

\"\"\"\"
 जसमा (क सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिका लगायत विभिन्‍न स्थानका बाढी पहिरो प्रभावित व्यक्तिहरुको लागि स्वास्थ्य उपचार दिलाउने उद्देश्य अनुरुप बागमती प्रदेश सरकारको र नेपाली सेनाको फिल्ड एम्बुलेन्स गुल्मको संयुक्त मेडिकल टोलीले चनौटे ईलाकामा र ईचोक महानकाल ईलाकामा मिति २०७८/०३/०९ र १० गते मेडिकल क्याम्प संचालन गरेको छ । उक्त दुईदिने मेडिकल क्याम्पबाट करिब १६५ जना बाढी पीडित व्यक्तिहरुलाई चेकजांच गरी औषधि वितरण गरेको थियो ।

(ख)    मिति २०७८/०३/०९ गते सिन्धुपाल्चोक जिल्लाको चामे गाउँपालिका – ३, चामेस्थित घट्टे खोलाको पुल र स्थानीय आवत/जावत गर्ने बाटो मरामत कार्य गर्नुका साथै मुगु जिल्ला छायाँनाथ रारा नगरपालिका – ७, सातमोड ईलाकामा अवरुद्ध रहेको गमगढी-नाग्मा सडक खण्ड खुलाउने कार्यमा नेपाली सेनाको उद्धार टोलीले सहयोग गरेको छ ।

(ग)    मिति २०७८/०३/०९ गते मनाङ जिल्लाको नयाँ बजार र चामे बजार जोड्ने चामे गाउँपालिका – ३ स्थित घट्टे खोलाले पुल बगाए पश्‍चात नेपाल प्रहरीको सहकार्यमा नेपाली सेनाले पक्‍की काठे पुल निर्माण सम्पन्‍न गरी जोखिमपूर्ण आवत/जावतमा सहजीकरण गरिएको सेनाले जनाएकाे छ ।