🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कंगोमा तैनाथ नेपाली शान्ति सैनिकद्वारा जीर्ण पुल मर्मतपछि हस्तान्तरण

काठमाडाैं । MONUSCO Mission कंगोमा तैनाथ  नं. २४ फिल्ड गुल्म (ईञ्जिनियर्स) ले विगत लामो समयदेखि जीर्ण अवस्थामा रही स्थानीयबासीहरुको आवत जावत तथा फौजको काम समेतमा बाधा परिरहेको Shari नदी माथि रहेको Budana पुलको मरामत कार्य सफलतापूर्वक सम्पन्न गरेको खबर छ ।

\"\"\"\"

मर्मत पश्‍चात म २०७८/ असार १२ गते उक्त पुल MONUSCO Mission का DSRSG (Deputy Special Representative of the Secretary General) KHASSIM DIAGNE बाट समुदघाटन भए पश्चात  स्थानीय सरकारलाई हस्तान्तरण गरिएको थियो ।

\"\"

उक्त अवसरमा Deputy Special Representative of the Secretary General ले नेपाली Engineer कम्पनी तथा शान्ति स्थापना कार्यमा नेपाली सेनाले पुर्‍याएको योगदानको मुक्त कण्ठले प्रशंसा समेत गरिएको नेपाली सेनाकाे जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएकाे छ ।

 उक्त Shari क्षेत्रका स्थानीय बासिन्दाहरुलाई समय समयमा हतियारधारी समूहहरुले दु:ख दिने गरेको र जीर्ण अवस्थामा रहेको पुलको कारण MONUSCO लगायत अन्य स्थानीय फौज परिचालन गर्न कठिन रहेकोमा पुल मर्मत पश्चात स्थानीय बासिन्दाले सुरक्षित महशुस गर्नुको साथै उक्त क्षेत्रको व्यापारिक केन्द्र Bunia संगको व्यापारमा समेत सघाउ पुगेको हुँदा समग्रमा MONUSCO Mission तथा नेपाली शान्ति सैनिकहरुप्रति स्थानीयबासीहरु अझ बढी सद्भाव र सकारात्मक साेच राखेको विश्वास नेपाली सेनाबाट  गरिएको छ ।