काठमाडौं । आगामी ०७८ भदौ २४ गतेबाट अवकाश हुन लागेका नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा अग्रजहरूको पदचाप पछ्याउँदै त्यसको एक महिनाअघि अवकाश बिदा बस्दैछन् । थापा बिदाबारीको समय नजिकिँदै गर्दा हेर्डक्वार्टरमा बिदा हुने र भित्रिनेको चाँजोपाँजो मिलाउने चटारो बढेको छ । भावी प्रधानसेनापति वरिष्ठ रथी प्रभुराम शर्माले पनि नेतृत्व सम्हाल्ने तयारी भित्रभित्रै अघि बढाएका छन् ।
नेतृत्व लिएपछि हरेक प्रधानसेनापतिले आफूअनुकूलको टिम बनाउने गरेका छन् । शर्मा पनि अहिले आफ्ना लागि काम गर्न सहज हुने गरी टिम निर्माणमा जुटेको बताइन्छ । यसका लागि उनले केही सैनिक अधिकारीलाई जिम्मा दिएकोमा उनीहरूले करिब करिब काम फत्ते गरेका छन् । थापाले सैनिक सहायक र सैनिक सचिवको भूमिकामा राखेका दुवै पात्र परिवर्तन हुने भएका छन् । सेनामा यी दुवै भूमिका निकै शक्तिशाली मानिन्छ ।
आफूलाई भिजिनरी, सुधारवादी र निष्कलंक प्रधानसेनापतिको छवि छाया बनाएर थापा बिदाबारी हुनै लाग्दा भावी सेनापति शर्माबारे चासो बढेको छ ।
शर्माले आफ्नो कार्यकालका लागि कस्तो कार्ययोजना बनाउलान् भनेर अहिले चासोपूर्वक प्रतीक्षा भइरहेको छ । नेपाली सेनामा नयाँ आउने प्रधानसेनापतिले आफ्नो कार्यनिर्देशिका(डाइरेक्टिभ) प्रस्तुत गर्ने प्रचलन छ ।
थापाले शर्माकै चाहनामा सैनिक सहायकमा धनकुटास्थित २ नं. बाहिनीपति चोकबहादुर ढकाल र सैनिक सचिवमा सहायक रथी सुनील श्रेष्ठको नाम प्रस्ताव गरेर पठाएका छन् । अन्य टिमबारे पनि सेनाका अधिकृत तहको सरुवा मन्त्रिपरिषद्बाट गर्ने प्रावधान छ । स्रोतका अनुसार, थापा अवकाश बिदा बस्नुपूर्व यसबारे मन्त्रिपरिषदबाट निर्णय हुने सम्भावना छ ।
त्यसैगरी, अन्य १० सहायक रथीको पनि सरुवा गरिएको छ । यिनको सरुवा पनि भावी प्रधानसेनापति शर्माको चाहनाअनुसार भएको स्रोत बताउ“छ । सहायक रथी विजय थापा कल्याणकारी निर्देशनालयमा पठाइएको छ । प्रकाश देउजालाई २ नं. बाहिनी, मानबहादुर महरालाई ५ नं. बाहिनी, कृष्णदेव भट्टलाई नीति र नकुल रायामाझीलाई रणनीति निर्देशनालयको जिम्मा थमाइएको छ ।
थापाले शर्माकै चाहनामा सैनिक सहायकमा धनकुटास्थित २ नं. बाहिनीपति चोकबहादुर ढकाल र सैनिक सचिवमा सहायक रथी सुनील श्रेष्ठको नाम प्रस्ताव गरेर पठाएका छन् । अन्य टिमबारे पनि सेनाका अधिकृत तहको सरुवा मन्त्रिपरिषद् बाट गर्ने प्रावधान छ । स्रोतका अनुसार, थापा अवकाश बिदा बस्नुपूर्व यसबारे मन्त्रिपरिषद्बाट निर्णय हुने सम्भावना छ
थापाको जगमा इँटा थप्ने चुनौती
नेपाली सेनामा थापाभन्दा अघिका प्रधानसेनापति आर्थिकलगायत कुनै न कुनै विवादमा पर्ने गरेका थिए । तर प्रधानसेनापति थापाले आफ्नो छविछाया मात्र होइन, संगठनलाई नै कुशल नेतृत्व प्रदान गरेर बेग्लै इतिहास राखे । सेनाभित्रको अपारदर्शी गतिविधि सुधार्नेदेखि सांगठनिक सुदृढीकरणसम्मका धेरै काम थापाकै कार्यकालमा भए ।
आफूलाई भिजिनरी, सुधारवादी र निष्कलंक प्रधानसेनापतिको छविछाया बनाएर थापा बिदा हुनै लाग्दा भावी सेनापति शर्माबारे चासो बढेको छ । थापाले हालेको जगमा इँटा थप्दै नेपाली सेनालाई थप सशक्त पार्ने अपेक्षा भावी प्रधानसेनापति शर्मासँग राखिएको छ । र, शर्माले आफ्नो कार्यकालका लागि कस्तो कार्ययोजना बनाउलान् भनेर अहिले चासोपूर्वक प्रतीक्षा भइरहेको छ । पछिल्ला समय नयाँ आउने प्रधानसेनापतिले आफ्नो कार्यनिर्देशिका(डाइरेक्टिभ) प्रस्तुत गर्ने प्रचलन छ ।
शर्माले प्रधानसेनापतिको नेतृत्व सम्हालेपछि पनि सम्भाररथी विभागमा रहँदा जस्तै खुट्टा कमाउलान् कि सुधारका निम्ति मसक्क कस्सिएलान् ? प्रतीक्षाको विषय बनेको छ
भावी प्रधानसेनापति शर्माले आफ्नो जागिरे दौरानमा सेनाका विभिन्न निकायमा रहेर काम गरे । नेपाली सेनाको सबैभन्दा मालदार र विवादित अड्डा मानिने सम्भाररथी विभागको पनि उनले नेतृत्व गर्न भ्याए । तर उनी अहिलेसम्म निष्कलंक र बेदाग नै मानिन्छन् ।
उनको इमान्दारितामाथि शंका गर्ने सेनाभित्र कमै भए पनि उनको कार्यशैली भने धारिलो छैन । जस्तोः सम्भाररथी विभागमा उनले गरेको काम नै हेरौं । करोडौं करोडको खरिद हुने तर, पारदर्शी ढंगले खरिदको काम नगर्ने भनेर बद्नाम सेनाको यो विभागको नेतृत्व सम्हालेका तत्कालीन उपरथी शर्मा मसक्क कस्सिएको भए यसमा व्यापक सुधार हुनसक्थ्यो ।तर उनले उक्त विभागमा रहँदा त्यसको सुधार गर्ने लेठो गरेनन् ।
जानकारहरू रथी र प्रधानसेनापति हुने भएकाले विवादमा पर्ने डरले उनले त्यहाँ रहँदा जागिर मात्र खाएको आरोप लगाउँछन् । कतै शर्माले प्रधानसेनापतिको नेतृत्व सम्हालेपछि पनि यसैगरी खुट्टा कमाउने त होइनन् ? पूर्णचन्द्रले बसालेको जगमा इँटा थपिएको हेर्न चाहेका सैनिक अधिकृतहरूले चिन्ता व्यक्त गर्न थालेका छन् ।



