🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

महान्यायाधिवक्ता रमेश बडालका एकसय दुई दिन के के गरिए ?

२०७८ असार १६ गते, महान्यायाधिवक्ता पदमा नियुक्ति भई कार्य प्रारम्भ गरेको एकसय दुई दिन भएछ ।  असार १६ गते  महान्यायाधिवक्ताको हैसियतमा जुम लिङ्क प्रयोग गरि चारवटा कार्य सम्पन्न गरियो ।

पहिलो, महान्यायाधिवक्ता कार्यलयको पहिलो चौमासिक बुलेटीन प्रकाशनको प्रारम्भ गरियो । मुलभुत रुपमा यसलाई ईबुलेटीनको रुपमा निरन्तर प्रकाशन गरिनेछ ।
दोश्रो, आज निम्न सातवटा पुस्तकहरु विमोचन गरियो ।

१. संगठित अपराध निवारण कानून सम्वन्धि कार्यपत्रहरुको संगालो (भाग १)
२. भ्रष्टाचार निवारण कानून सम्वन्धि कार्यपत्रहरुको संगालो (भाग १)
३. सेवा कानून सम्वन्धि कार्यपत्रहरुको संगालो (भाग १)
४. मौलिक हक सम्वन्धि श्रोत सामाग्री
५. अभियोजन जर्नल (वर्ष ४, अंक १)
६. सम्वैधानिक विवादमा सर्वोच्च अदालतवाट प्रतिपादित सिद्धान्तहरु
७. नजिर संग्रह

\"No
यी सवै पुस्तकहरु प्राविधिक पक्ष मिलाई यसै हप्ता भित्र वेवसाईटमा राखिने छ । र यसवाट सरकारी वकिल मात्र नभई सवै कानूनव्यावसायीहरु, कानून र न्याय क्षेत्रका वारेमा चासो राख्ने सवैले लाभ पाउन सक्नु हुने नै छ ।

तेश्रो,

जिल्ला सरकारी वकिलको कार्यलय कालिकोटको नवनिर्मित भवनको उद्घाटन गरियो । कालिकोट जिल्लाको पहिलो आर सि सि प्रविधिवाट निर्माण गरिएको पन्ध्र कोठे भवनवाट सरकारी वकिलले मात्र नभई सेवाग्राहीले प्रभावकारी सेवा पाउन सक्ने विश्वास छ ।

चौथो,

महान्यायाधिवक्ता कार्यलयको तेश्रो रणनीतिक योजना २०७८/२०७९ देखि  २०८२/२०८३ सार्वजनिक गरिएको छ । कानूनी शासनको सुनिश्चितता परिदृष्य रहेको यो योजना मुलत अभियोजनमा सुधार र व्यावसायीकता विकासमा केन्द्रीत छ । अभियोजनलाई वस्तुगत र वैज्ञानिक प्रमाणमा आधारित बनाउने, प्रभावकारी प्रतिरक्षा गर्ने, व्यावसायिकता विकास गर्ने, संवैधानिक तथा कानूनी जिम्मेवारी प्रभावकारी रुपमा व्यवस्थापन गर्ने, संस्थागत सुदृढीकरण गर्ने पांचवटा लक्षहरु निर्धारण गरिएको छ ।

उल्लेखित कार्यको लागी मलाई सहयोग गर्नु हुने नायव महान्यायाधिवक्ताहरु लगायत सवै सरकारी वकिल, कर्मचारी साथीहरुलाई धन्यवाद दिन्छु ।

यस अवधिमा नियमित कामको अतिरिक्त फौजदारी न्याय प्रशासन संग सम्वन्धित वाह्रवटा निर्देशन जारी भएका छन् । जुमको माध्यमवाट कोभिड महामारीको विचमा देसभरका सवै कार्यलयसंग प्रत्यक्ष सम्वाद गर्ने, तालिम प्रशिक्षण, राष्ट्रिय कार्यशालाहरु सम्पन्न भएका छन् ।

नेपाल वार काउन्सिलको अध्यक्षको समेत जिम्मेवारी महान्यायाधिवक्ता संग रहन्छ । यस विचमा नेपाल वार काउन्सिलको पहिलो रणनैतिक योजनाको समेत तर्जुमा गरिएको छ । केही दिनमा यसलाई सार्वजनिक गरिने नै छ । मलाई आशा छ, भविश्यमा दुवै रणनैतिक योजनाले योजना अवधिमा आफ्नो सवै लक्ष्य, रणनिती र कृयाकलाप सम्पन्न गर्न सक्षम हुने छ ।

संयोग नै मान्नु पर्दछ, सय दिन पुगेको दिनमा सम्माननीय राष्ट्रपति, सम्माननीय प्रधानमन्त्री तथा नेपाल सरकारको तर्फवाट प्रतिनिधिसभा विघटनको मुद्दामा सम्वैधानिक ईजलासमा वहस समेत सम्पन्न भै सकेकोछ ।

https://www.facebook.com/ramesh.badal.7