उड्ने कारले पहिलोपटक अन्तर शहर उडान सफलतापूर्वक सम्पन्न गरेको छ ।
यो कार स्लोभाकियाको नित्रा विमानस्थलबाट उडेको थियो । त्यसको ३५ मिनेटमा ४६ माइल टाढा ब्रटिस्लभाको राजधानीमा यो कार अवतरण भएको रोयटर्सले जनाएको छ ।
क्लेन भिजनका अनुसार, यो कारको १४२ औं सफल अवतरण हो । यसले अहिलेसम्म ४० घण्टाभन्दा बढी परीक्षण उडान भरिसकेको छ, सफलतापूर्वक । यो ८ हजार २०० फिटसम्म प्रति घण्टा ११८ माइलको रफ्तारमा उड्न सक्छ ।
यसको मुख्य विशेषता के हो भने यो उड्न र गुड्न दुवै सक्छ । कारबाट प्लेन र प्लेनबाट कारमा कायाकल्प हुन यसलाई मात्रै ३ मिनेट समय लाग्छ । पखेँटा र पुच्छर पट्याउन मिल्नेगरी बनाइएकाले यसको तत्काल रूप परिवर्तन हुन सकेको हो ।
उडने कारले गरेको पहिलो इन्टरसिटी फ्लाइट हेर्न यहाँ क्लिक गर्नुहोस्




