सुनसरी, असार-१९ गते । सुनसरी ईटहरी १६ स्थित पूर्व पश्चिम राजमार्गमा लागूऔषध ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरिएको खबर छ । पक्राउ पर्नेमा भारत अररिया जोगवनी १० घर भई हाल मोरङ विराटनगर १० वरगाछीमा डेरा गरी वस्ने ३४ बर्षीय सुरज चौधरी रहेका छन् ।
हिजो असार १८ गते दिउँसो साढे १ बजे विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण व्युरो काकडभिट्टा र ईलाका प्रहरी कार्यालय ईटहरी सुनसरीबाट खटिएको प्रहरी टोलीले पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको टेम्पोमा पछाडी सवार रहेका चौधरीलाई चेकजाँच गर्दा उनको साथबाट लागूऔषध ब्राउन सुगर ८४ ग्राम बरामद गरेको प्रहरीले जनाएकाे छ ।
पक्राउ परेका चौधरीलाई ईलाका प्रहरी कार्यालय ईटहरीबाट थप अनुसन्धान भईरहेको प्रहरी समाचारमा उल्लेख छ ।




