🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अब सेनामा प्रतिशोध र खुट्टा तान्ने प्रवृत्ति हावी नहोस्

श्रीमान सम्पादकज्यू
साँघु साप्ताहिक

 नेपाली सेनाको नेतृत्व आजबाट २८ दिनका दिन नयाँ  कमाण्डमा जाँदैछ । प्रधानसेनापति पूर्णचन्द्र थापाले आफ्नो तीन वर्षे कार्यकालमा भए, गरेका राम्रा र नराम्रा कामको टिकाटिप्पणी निरन्तर हुने नै छन् ।  प्रधानसेनापति पूर्णचन्द्र थापाको कार्यकालमा सकल दर्जाको हितका लागि र अनुशासित संगठन निर्माणमा महत्वपूर्ण भूमिका रह्यो भनेर हामी दावी गर्न सक्छौं ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले स्वस्थ, स्वच्छ, संगठन बनाउनका लागि नेपाली सेनाभित्र लामो समयपछि ठूलो संख्यामा आर्थिक अनिमियतता, यौन दुराचार र अनुशासनहीन कार्यमा संलग्न शक्तिशाली जर्नेल, कर्णेललगायत माथिल्लो दर्जालाई कारबाही भने पक्कै भएकै हो र सह्रानीय पनि छ । तर, निहित व्यक्तिगत स्वार्थ बोकी नजिकमा रहेका केही अधिकृतहरुले कुरा लगाएकै भरमा बिना कसुर केही योग्य, सक्षम र ईमान्दार अधिकृतहरुमाथि भए, गरेका कारबाही संस्थागत हितमा होलान् त ? भन्ने प्रश्न भने नेपाली सेनाभित्र उठिरहने ठाउ“ प्रधानसेनापति पूर्णचन्द्र थापाले छाडेर विदा हुने दिन आएका छन् ।

प्रधानसेनापति पूर्णचन्द्र थापाको ३ वर्षको कमाण्ड अवधिमा सैनिक अदालतहरुबाट भएका फैसला हेर्दा अदालतमा तोकिएको अध्यक्ष अनुसार फरक फरक ढंगको निर्णय भएको पाईन्छ, जर्नेलहरु शरद गिरी र शशी बहादुर सिंहको केही फरक ढंगको र केही न्यायोचित स्वरुपको देखिन्छ भने अन्यको केही विवादस्पद पनि छन् । किन, एस म्यान र एस म्यान नभएकाहरुका बीचमा विभेद भयो ?

संगठनको हितमा इमानदारीपूर्वक अनुशासित भएर लाग्दालाग्दै पनि एस म्यान र एस म्यान नभएकाहरु बिचको विभेद र फरक बुझ्न सकिएन किन होला ? पिएसओज् र मुद्दाको अध्यक्षता गरेका केही जर्नेलहरुले रिटायर्ड भएपछि आफन्तहरुसंगको अनौपचारिक कुराकानीमा त्यस्तो सजाय त नहुनु पर्ने हो ‘तर के गर्नु’ भन्ने जस्ता बाध्यात्मक अवस्थातिर संकेत गर्दै दिने अभिव्यक्तिले पनि केही हदसम्म अन्यायको पुष्टि समेत गरिसकेको छ । स्मरण रहोस्, एकै पटक त्यति धेरै संख्यामा भएको भर्ना छनौट सम्बन्धि कारबाहीको अध्यक्षता पनि तत्कालीन शक्तिशाली जर्नेल शरद गिरीले नै गरेका थिए ।

तसर्थ, फलामे अनुशासन भएको सेना जस्तो महत्वपूर्ण संस्थामा जुनसुकै तहको भएपनि गलत गर्ने सजायको भागि हुनै पर्दछ । तर, कतै प्रतिशोध, रिसईबी, खुट्टा तान्ने र निहीत स्वार्थ पूरा गर्ने समूह प्रधानसेनापति पूर्णचन्द्र थापाको पालामा हावी भएर चिफले राम्रो गर्न खोज्दाखोज्दै गलत निर्णय त भएको छैनन् भन्नेमा पनि नेतृत्व सचेत रहन जरूरी देखिन्छ । अन्यथा नेपाली सेनाभित्र मौलाई रहेको नातावाद र आफन्तवाद जस्तो प्रवृत्तिले बढावा पाई दीर्घकालमा संगठनलाई नै ठूलो क्षति पुग्न सक्ने तथ्यलाई नकार्न सकिदैन ।

नेतृत्वले अबकाश पछि वास्तविकता बुझी पश्चताप गर्नुभन्दा सचेत रहँदा संगठनको हितमा हुने सत्यता भविष्यका चिफ प्रभुराम शर्माको नेतृत्वलाई समेत अवगत गराउन चाहन्छौं ।
–नेपाली सेनाको भलो चाहने अधिकृतहरु, जङ्गी अड्डा