🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अब आन्तरिक पर्यटकको लगत सुरु गर्छौं, बोर्डलाई फाइदा हुन्छ 

 

० कोरोना महामारीका कारण नेपालको पर्यटन क्षेत्र निकै क्षतिग्रस्त भएको छ, कसरी पुनरुथानको प्रयास गरिरहनुभएको छ ?
–कोरोना महामारीका कारण नेपालको मात्र होइन्, विश्व पर्यटन बजार नै तहसनहस भएको छ । मानिसहरू एक ठाउँबाट अर्को ठाउँमा यात्रा गर्न नसक्ने गरी महामारीले बन्दी अवस्थामा पुर्यायो । त्यसले गर्दा पर्यटनबाट आम्दानी गर्ने देशहरूको अर्थतन्त्र निकै कमजोर बनाएको छ । पर्यटनबाट कुल गार्हस्थ उत्पादनमा ठूलो हिस्सा योगदान गर्ने थाइलैण्डको पर्यटन झन्डै एक बर्ष बन्दझै भयो, अहिले केही खुलाउने प्रयास भइरहेको छ । दक्षिण एशियाकै देश मालदिभ्स पनि पर्यटनबाट धानिएको अर्थतन्त्र भएको देश हो, त्यसको पनि यस्तै अवस्था छ । त्यसैले ती देशको अर्थतन्त्रमा गम्भीर असर परेको छ । महामारीकै कारण नेपाल पनि अछुत रहन सकेन । 

० कोरोना महामारीका कारण पर्यटन क्षेत्रमा प्रमुख प्रहार के ठान्नु हुन्छ ?
–थाइलैण्ड, मालदिभ्सजस्तो पर्यटनकै भरमा अर्थतन्त्रको ठूलो हिस्सा त होइन् । तर, नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान भने गरिरहेको छ । नेपालले बर्षमा करिब ७० अर्ब रुपैयाँ आम्दानी गरिरहेको थियो, त्यो गुमेको छ । हजारौ रोजगारी गुमेको छ । कोरोना महामारीका कारण नेपालको सबैभन्दा ठूलो बजार बन्दको अवस्थामा पुग्यो । युरोप, अमेरिका, भारत, चीन नेपालका प्रमुख पर्यटन बजार हुन् । त्यहाँबाट नै धेरै पर्यटक आउने हुन् । तर, ती देश कोरोना महामारीका कारण लामो समय लकडाउनमा परे । त्यसैले नेपालको पर्यटन क्षेत्र निकै क्षति भएको छ । सन् २०१९ मा ११ पर्यटक आएको नेपालमा सन् २०२० मा २ लाखजति मात्रै आए । सन् २०२१ मा  विदेशी पर्यटक आएकै छैनन भन्दा पनि हुन्छ । त्यसैले पर्यटन बोर्डले विशेष कार्ययोजनासहित पर्यटन क्षेत्रमा काम गर्नुपर्नेछ ।

० तत्काल विदेशी पर्यटक वृद्धि हुने संभावना कम देखिएको छ । यस्तो अवस्थामा कसरी अगाडि बढ्ने योजना छ ?
–महामारीका कारण विश्वभरकै अर्थतन्त्र कमजोर भएको छ । देशको अर्थतन्त्र नै कमजोर भएको बेला व्यक्तिगत आयस्रोतहरू सीमित भएका छन्, कतिपय अवस्थामा बन्द भएको छ । त्यसैले हामीले वैकल्पिक योजनासहित पर्यटन क्षेत्रमा काम गर्नुपर्नेछ । यो बेलामा हामीले दुईवटा काम गर्न सक्छौ । एक, पर्यटन पूर्वाधारको निर्माण, पुनर्निर्माण तथा प्रबद्र्धनको तयारी । दोस्रो, आन्तरिक पर्यटनलाई प्रर्वद्धन । नेपालका पर्यटकीय गन्तव्यहरूको स्तरोन्नति र निर्माण गर्ने अवसरको रुपमा अहिलेको समयलाई उपयोग गर्न सकिनेछ । त्यसैले हिमालहरू सफाइ गर्ने, पदमार्गको पुननिर्माण गर्ने काम यो समयमा गर्न सकिन्छ । 

० नेपालको अर्थतन्त्रलाई चलायमान बनाइराख्न अब के गर्ने त ?
–नेपालको अर्थतन्त्रलाई चलायमान बनाइरहनका लागि आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्नुपर्ने हुन्छ । नेपालीहरू प्रशस्त घुम्न थालेका छन् । आन्तरिक पर्यटनलाई व्यवस्थित गर्ने प्रयास गर्नुपर्छ । अहिलेसम्म आन्तरिक पर्यटकहरूको लगत लिने व्यवस्था छैन । त्यसलाई व्यवस्थित गर्नुपर्छ । करिब ५० लाख नेपाली घुमघाममा निस्कन्छन् भन्ने आँकलन छ । सुरक्षा, व्यवस्थापनलगायतका कारणले आन्तरिक पर्यटकको लगत लिनुपर्ने हुन्छ । त्यो प्रयास हामीले यसैबर्षबाट सुरु गर्छाैं । 

० अन्तर्राष्ट्रिय बजार प्रबद्र्धनमा केही गर्न सकिन्छ ?
–अहिले नै हामी पर्यटन प्रबद्र्धनका लागि गतिशील भइहाल्ने अवस्था त छैन तर तयारी चाहिं गर्नुपर्ने हुन्छ । विश्व विस्तारै चलायमान हुन थालेको छ । कोपा अमेरिका, युरोकपले विश्वलाई महामारीबाट उम्किन थालेको सन्देश दिएको छ । अनि टोकियो ओलम्पिकले पनि महामारी कम हुदै गएको महसुस गराएको छ । यसले मानिसहरूमा आत्मबल बढाउन थालेको छ । त्यसैले विश्वको अर्थतन्त्र चलायमान हुन थालेपछि नयाँ र सुरक्षित गन्तव्यको खोजी पनि हुन थालेको छ । तुलनात्मक रुपमा नेपाल सुरक्षित गन्तव्यमै पर्ने भएकोले नेपाललाई अन्तर्राष्ट्रिय बजारमा प्रबद्र्धन गर्न सजिलो छ । त्यसैले हामी अहिले डिजिटलप्रबद्र्धनको तयारीमा छौं । यसलाई अब निकै जोड दिएर जानेछौं ।

० बोर्डले बजेट बनाउने तयारी पनि गरिरहेको छ, त्यसका लागि के के प्राथमिकतामा परेको छ ?
–हामीले नयाँबजेट निर्माणमा ३ वटा विषयलाई प्राथमिकतामा राखेका छौं । पहिलो, अनुसन्धान । विगतमा अनुसन्धान गर्ने र त्यसअनुसार योजना निर्माण गर्ने प्रचललन थिएन । त्यसले विगतमा अभ्यास र अनुभवको अनुसन्धान गरेर जानुपर्छ भन्नेमा हामी लागेका छौं । दोस्रो, दीर्घकालीन महत्वका पर्यटकीय प्रोडक्टको खोजी । त्यसका लागि हामीले सात वटै प्रदेशमा खोजी कार्य गर्न थालेका छौं । बोर्डको नियमित आम्दानीका लागि त्यस्ता पर्यटकीय प्रोडक्टमा जोड दिन खोजेका हो । अहिले नमुनाको रुपमा त्यस्ता प्रोडक्ट बनाउन सकियो भने आउँदा दिनमा बोर्डमा बजेटको समस्या हुनेछैन् । विदेशी पर्यटक नआउने वित्तिकै आर्थिक संकट आउने अवस्था हुदैन् । अनि, तीन तहका सरकारले ल्याएका बजेटमा समन्वय र कार्यान्वयन गर्ने संयन्त्रको विकास गर्ने प्रयत्न गर्नेछौं । तेस्रो, आन्तरिक पर्यटन प्रबद्र्धन गर्ने । विदेशी पर्यटक नआएको अवस्थामा आन्तरिक पर्यटनलाई विशेष जोड दिने गरी योजना बनाउनुपर्छ भन्ने लागेको छ । 

० कुनै बेला डेढ अर्बको बजेट बनाउने बोर्ड अहिले प्रशासनिक खर्च जुटाउन नै समस्यामा छ । तपाई नै संयोजक हुनुहुन्छ, कसरी बजेट बनाउनुहुन्छ ?
–विदेशी पर्यटक नआउँदा बोर्डको स्रोत नै घटेको छ । अहिले त शून्यजस्तै अवस्था छ । त्यसैले सरकारले यस्तो अवस्थामा बोर्डलाई बचाउन सहयोग गर्न सक्छ । त्यसबाहेक हामी विभिन्न स्रोतहरूको खोजीमा लागेका छौं । हामीसँग केही अतिरिक्त स्रोत छन् त्यसको खोजी गरिरहेका छौं । हामीसँग अहिले टिम्सको केही रकम छ, त्यसलाई सरोकारवालासँग समन्वय गरेर उपयोग गर्न सकिन्छ । विभिन्न एअरलाइन्सले बोर्डलाई दिनुपर्ने रकम छ । त्यो रकम उपलव्ध भएको अवस्थामा अहिलेलाई बोर्डलाई बजेटको समस्या हुँदैन । त्यसैले हामी स्रोतको खोजीमा लागेका छौं । र, केही चाहिं दीर्घकालीन स्रोत व्यवस्थापनको उपायको खोजी पनि गरिरहेका छौं । एउटा एअरलाइन्सले उठाएको रकममध्ये ९ करोड बोर्डलाई दिन्छु भनिरहेको छ, केही कानुनी जटिलताका कारण लिन सकिएरहेका छैनौं । त्यसलाई पनि सहजीकरण गर्ने प्रयासमा छौं । 

० स्रोत विनाको बजेटले बोर्डका गतिविधि नै कसरी चल्छ र ? कतिपयले बोर्डको विकल्पको पनि चर्चा गर्न थालेका छन् नि ?
–आउँदो आर्थिक बर्षको केही समयमात्रै हो पर्यटक नआउने,त्यसपछि पर्यटकहरू आउन थाल्छन् । कम्तीमा पनि सन् २०२२ मा पर्यटकहरूको संख्यामा वृद्धि हुने आंकलन छ । त्यसले गर्दा बोर्डको आम्दानी बढाउँछ । अहिले विश्व संकटको बेला बोर्डलाई आर्थिक संकट प¥यो भन्दैमा बोर्डको विकल्पको कुरा त वाहियात हो ।  अहिले नै पनि कम्तीमा पनि ५० करोडको बजेट बनाउन सकिन्छ । त्यसैले यसमा समस्या होइन् । समस्या कसरी परिचालन गर्ने भन्ने हो । बोर्डभित्र पनि केही समस्या छन्, बोर्डलाई हेर्ने बाहिर पनि समस्या छन् । त्यसैले हामी यसलाई सुधार गरेर जानुपर्छ भन्ने पक्षमा छौं । त्यो प्रयास हुन्छ ।