🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सेनाद्वारा कर्णाली करिडोर अन्तर्गत खुलालु-लैफु-सलीसल्ला सडक खण्ड हस्तान्तरण

काठमाडाैं । नेपाली सेनाले निर्माणको जिम्मेवारी पाएको कर्णाली करिडोर अन्तर्गत खुलालु-लैफु-सलीसल्ला सडक खण्डको कार्य सम्पन्न गरि  २०७८ असार ३१ गते नेपाली सेनाका कर्णाली करिडोर सडक निर्माण कार्यदलका प्रमुख प्राविधिक सेनानी मिलन कार्कीले उत्तर दक्षिण व्यापारिक मार्ग हिल्सा-सिमिकोट सडक आयोजनाका योजना प्रमुख बिष्णुदास लामालाई एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको छ ।

  २०७१ साल चैत्र ०९ गतेबाट निर्माण शुरु गरिएको कुल १२२.७५ कि.मि. लम्बाई र औसत ६ मिटर चौडाई रहेको उक्त सडक खण्डले कालिकोट, बाजुरा र हुम्ला जिल्लालाई जोडेको छ ।

यस सडक खण्डको निर्माण पश्चात राष्ट्रिय सडक सञ्‍जालमा जोडिन बांकी रहेको अन्तिम जिल्ला हुम्लाको ताँजाकोट, अदानचुली, चंखेली र सर्केगार्ड गाउँपालिका समेत उक्त सडक सञ्‍जालमा जोडिएका छन् ।

  भौगोलिक विकटता, मौसमी प्रतिकुलता, कडा चट्टानयुक्त भू-बनोट आदिका कारण यस सडक खण्डलाई विशेष परिस्थितिको सडकको रुपमा परिभाषित गरि २०७१ साल चैत्र ०५ गतेको मन्त्रिपरिषद्को निर्णयबाट नेपाली सेनालाई जिम्मा दिईएको थियो ।