🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कोभिड–१९ उत्पत्तिबारे थप अनुसन्धान प्रस्ताब चीनलाई अमान्य : अधिकारी

बेइजिङ, ७ साउन (रासस/एएनआई) : कोभिड–१९ महामारीको उत्पत्तिबारे थप अनुसन्धान गर्ने विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को प्रस्ताव चीनलाई मान्य नभएको चिनियाँ एक अधिकारीले बिहीबार बताएका छन् ।

डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले दोस्रो चरणको अनुसन्धानमा थप सघाउन चीनलाई आग्रह गर्नुभएको भएपनि यसलाई चीनले अनुमति नदिने बताएको हो ।

चीनका उपस्वास्थ्यमन्त्री जङ यिशिनले उक्त प्रस्तावले ‘सहज बुद्धिको अनादर गरेको तथा विज्ञानसँग अभिमान’ गरेको टिप्पणी गर्नुभएको छ । उक्त योजना राजनीतिक उद्देश्यले आएको दाबी गर्दै जङले त्यसलाई चीनले स्वीकार्न नसक्ने बताउनुभयो ।

सन् २०१९ को डिसेम्बर महिनामा कोरोनाभाइरस पत्ता लागेको चीनको वुहान सहरमा यस वर्षको जनवरीमा डब्ल्यूएचओका विज्ञहरूको एउटा टोली पुगी अनुसन्धान गरेको थियो । उक्त समूहले कोरोनाभाइरस कुनै प्रयोगशालाबाट चुहिएर फैलिएको हुनसक्ने सम्भावना नरहेको निष्कर्ष निकालेको थियो ।

बिहीवार एउटा पत्रकार सम्मेलनमा बोल्दै जङले डब्ल्यूएचओको प्रस्तावप्रति आश्चर्य प्रकट गर्दै त्यो प्रयोगशालासम्बन्धी चिनियाँ नियम उल्लङ्घन गरिएको दाबीमा केन्द्रित भएको बताए । चीनले त्यस्ता सर्तहरू मान्न ‘असम्भव’ भएको भन्दै जङले आफ्नो देशले कोरोनाभाइरस उत्पत्ति पत्ता लगाउने सन्दर्भमा छुट्टै विवरण बुझाइ सकेको बताउनुभएको छ ।

 वुहान इन्स्टिट्यूट अफ भाइरलजीले चमेरामा कोरोनाभाइरसको अध्ययन गरिरहेको छ । वुहान इन्स्टिट्यूट अफ भाइरलजीको प्रयोगशालाका निर्देशक पनि उक्त पत्रकार सम्मेलनमा उपस्थित हुनुहुन्थ्यो ।

उहाँले कोरोनाभाइरस प्राकृतिक रूपमै उत्पत्ति भएको तर्क गर्नुभयो । सन् २०१८ मा उक्त प्रयोगशाला स्थापित भएदेखि त्यहाँबाट कुनै भाइरस पनि नचुहिएको अनि कुनै कर्मचारी पनि सङ्क्रमित नभएको उहाँको दाबी रहेको छ ।

कोरोनाभाइरसबारे थप अनुसन्धान गर्न र त्यसको उत्पत्ति पत्ता लगाउने विषयमा यूरोप अमेरिका लगायतका केही विकशित मूलुकले डब्ल्यूएचओलाई चर्को अन्तर्राष्ट्रिय दबाव दिइराखेका छन् । केही महिनाअघि अमेरिकी राष्ट्रपति जो बाइडनले अमेरिकी गुप्तचरहरूलाई महामारीबारेको अनुसन्धान अझ राम्ररी गर्न निर्देशन दिनुभएको थियो ।
–––