🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

शिक्षा पत्रकार समूहको अध्यक्षमा सुब्बा

काठमाडौँ, ५ फागुन (रासस) :  शिक्षा पत्रकार समूहको नवौँ अधिवेशनबाट रोश्ना सुब्बा (शिक्षक मासिक)को नेतृत्वमा १३ सदस्यीय कार्यसमिति निर्विरोध चयन भएको छ । 

फागुन ५ गते  यहाँ सम्पन्न अधिवेशनले समितिको उपाध्यक्षमा शेषकान्त पण्डित (गोरखापत्र), महासचिवमा चन्द्र बानियाँ (रेडियो नेपाल), सचिवमा तुला अधिकारी (कृष्णसार एफएम), कोषाध्यक्षमा श्याम तण्डुकार (शिक्षालय मासिक) चयन भएका छन्  । 

\"\"

समितिको सदस्यमा निर्जला कक्षपति, वासुदेव तिमल्सिना, ममता थापा, कृष्ण मल्ल, रोशन गाउँले, गोपाल संग्रौला, विष्णु विवेक विश्वकर्मा र प्रज्ञा तिमल्सिना निर्वाचित भएका छन्  । नवनिर्वाचित अध्यक्ष सुब्बाले सार्वजनिक शिक्षाका मुद्दा वकालत गर्न थप सक्रिय भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेकीछिन  । 

नवनिर्वाचित कार्यसमितिलाई समूहका पूर्व अध्यक्षहरु सुदर्शन घिमिरे, हरि थापा, प्रकाश सिलवाल, सुदर्शन सिग्देल, निवर्तमान अध्यक्ष दीपक दाहाललगायतले सक्रियताका साथ काम गर्न शुभकामना दिएका थिए । 

अधिवेशनको उद्घाटन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा स्वर्णिम वाग्लेले गरेका थिए । 
–––