काठमाडाैं । नेपाली सेनाको मेकानाईज्ड युनिटहरुबाट आर्मोर्ड भेहिकल (Armored Personal Carrier र Mine Protective Vehicle) हरुमा सकल दर्जाहरुको Driving Skill अभिवृद्धि गर्न तथा उक्त Vehicle हरुको Operational Readiness लाई कायम राख्नको निमित्त स्थानीय प्रशासन र प्रहरीसंगको समन्वयमा रोड ड्राईभिङ्ग अभ्यास सञ्चालन गर्ने योजना रहेको जानकारी नेपाली सेनाकाे जनसम्पर्क तथा सूचना निर्देशनालयले दिएकाे छ ।
उक्त योजना अनुरुप काठमाण्डौंको सितापाईलामा तैनाथ गणले २०७८ भाद्र महिनाबाट चैत्र महिनासम्म, सुनसरी व्यारेक ईटहरीमा तैनाथ गुल्मले २०७८ श्रावण महिनामा तथा बोराडाँडी व्यारेक कैलालीमा तैनाथ गुल्मले २०७८ श्रावण र भाद्र महिनामा रोड ड्राईभिङ्ग अभ्यास सञ्चालन गर्ने योजना रहेको सेनाले बताएकाे छ ।
साथै, उक्त रोड ड्राईभिङ्गको विस्तृत मिति र रुट योजना नेपाली सेनाको आधिकारिक वेबसाईट www.nepalarmy.mil.np मा हेर्न सकिने व्यहोरा समेत जानकारी नेपाली सेनाकाे जनसम्पर्क तथा सूचना निर्देशनालयले दिएकाे छ ।




