🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

फेवाताल मासेर पोखराकै अस्तित्व मेट्न भू–माफिया सक्रिय : पोखरा प्रशासन र नगरपालिका पनि रमिते !

पोखरा, फागुन ६ गते । पोखराको फेवाताल सुकेको कल्पना पनि गर्न सकिंदैन । तर अहिलेकै रफ्तारमा फेवाको जग्गा व्यक्तिका नामामा दर्ता गर्दै जाने, वरिपरिका होटल तथा रेष्टुरेष्ट व्यवसायीले चर्पीको फोहोरदेखि दैनिक निस्कने फोहोर र पानी तालमा मिसाउँदै जाने हो भने अबको ३० वर्षपछि यो बाँझो जमिनमा परिणत हुने अवस्था विद्यमान रहेको बुद्धिजीवीहरुले बताएका छन् । केही वर्षअघि फेवातालको गहिराई ३० फिट थियो । अहिले यो घटेर जम्मा १५ फिटमा झरेको छ ।

फेवातालको किनारामा यसको संरक्षण गर्ने नाममा हालका भूमिसुधार सचिव तथा तत्कालीन कास्कीका प्रमुख जिल्ला अधिकारी शम्भु कोइरालाले तीन किलोमीटरभन्दा बढी लामो फेवाकिनारामा सिमेण्ट, रड र गिट्टीको पक्की पर्खाल लगाउन लगाए । ती पक्की सडकसँगै जोडेर सयौं होटल र रेष्टुरेण्ट सञ्चालन गर्ने अनुमति पनि कोइरालाले नै दिए । तर उनले ती व्यवसायीले दैनिक प्रयोगबाट निस्कले फोहोरको व्यवस्थापन गर्ने सवालमा बेवास्ता गरे ।

अहिले फेवा किनारामा सञ्चालित सबै होटल तथा रेष्टुरेण्ट व्यवसायीले ढल र अन्य फोहरहरु फेवामै मिसाइदिने गरेका छन् । चर्पीबाट निस्कने मानव मलमूत्र, फोहोरसमेत उनीहरुले ट्यांकी भरिएपछि रातीको समयमा केही महिनाको अन्तरालमा सुटुक्क फेवातालमै बगाइदिने गरेका त्यका एक व्यवसायी बताउँछन् । यस्तो अपराधिक काम प्राय पानी परेको बेला रातिको समयमा गर्ने गरिन्छ । वरिपरिका व्यवसायीले दिसा– पिसाब दैनिक झैं फेवामा मिसाइरहेका हुन्छन् र त्यही पानीमा लाखौं यात्रुले पौडी खेल्नेदेखि पानी चलाउने गरिरहेका हुन्छन् । तर गलत कार्य गर्ने व्यवसायीहरुसँग आर्थिक लाभ लिएर राजनीतिक नेतृत्व र सरोकारवाला सरकारी निकायहरु, पोखरा नगरपालिका, पोखरा पर्यटन परिषद् मौन रहँदै आएका छन् ।

एकातिर बाढी र पैरोका कारण फेवाताल वरिपरिबाट पुरिंदै गएको छ  भने अर्काेतर्फ दैनिक मिसाइने चर्पीको र अन्य फोहोर फेवाको पी“धमा जम्दै गई यसको गहिराई घट्दै पनि गएको चिन्ता स्थानीय जनताले गरेका छन् ।

 फेवातालले समेटेको जग्गा जम्मा २० हजार ३४४ रोपनी भएको निष्कर्ष ०५८ सालमा जिल्ला विकास समिति कास्कीले निकालेको थियो । फेवामा जम्मा भएको २० वर्षअघिदेखिको माटोको परीक्षण गरी फेवाले सो जग्गा चर्चेको विवरण जिविसले निकालेको हो । तर, अहिले यसमध्ये १० हजार रोपनीभन्दा बढी जग्गा भूमाफिया र नापी तथा मालपोतका भ्रष्ट कर्मचारीको मिलोमतोमा व्यक्तिका नाममा दर्ता गरिसकिएको छ । ०७२ सालमा भूमिसुधार मन्त्रालयका सहसचिव टीकाराम घिमिरेको संयोजकत्वमा गठित फेवातालको जग्गा नापजाँच समितिले त यसको क्षेत्रफल हाल जम्मा १० हजार ५९ रोपनीमा मात्र सीमित भएको विवरण सार्वजनिक गरेको थियो ।

  उद्यम र पौरखका विषयमा किताब लेखेर गफ दिने कर्ण शाक्यले पनि फेवा अतिक्रमण हुनेगरी र यसको सौन्दर्य धरापमा पर्नेगरी फेवा किनारामै मापदण्ड विपरीत लाजै नमानी होटल सञ्चालन गरिरहेका छन् । उनले बनाएको संरचना नगरपालिकाबाट नक्सा पास भएको पनि छैन र कुनै सरकारी निकायबाट सञ्चालन अनुमति पनि प्राप्त भएको दावी स्थानीय जनताको छ । केही किताब लेखेर दुनियाँको दिमाग भुट्ने शाक्यले नितान्त व्यक्तिगत स्वार्थका लागि फेवाको मात्र होइन पोखराकै अस्तित्व र सौन्दर्य संकटमा आउने गरी व्यवसाय चलाउनु अनैतिक र स्वार्थी काम भएको पाइएको छ ।

 शाक्यले सो होटल निर्माण शुरु गर्दा नै राष्ट्रिय ताल संरक्षण समितिले पत्र लेखेर अवैध काम नगर्न निर्देशन दिएको थियो । शाक्यले सरकारी र राजनीतिक ब्यक्तिहरु खरिद गरी अवैध निर्माण गरेपछि त्यस क्षेत्रमा सयौंको संख्यामा यस्ता निर्माण भएका छन् र व्यवसाय सञ्चलनमा आएका छन् । २०३० सालको पोखराको व्यवस्थित शहर निर्माण र वस्ती विकासको योजनामा फेवातालको ३५ मिटरसम्मको दुरीमा कुनै पनि भौतिक निर्माण गर्न नपाइने उल्लेख छ ।

पोखरा पर्यटन परिषद्को अध्यक्ष प्रजिअ हुने प्रावधानको दुरुपयोग गरी तत्कालीन सिडिओ कोइरालाले तालको पानीसँगै जोडेर व्यवसाय सञ्चालन गर्न अनुमति दिएर पोखरा र फेवाताललाई दूरगामी असर पार्ने काम गरेको भन्दै स्थानीय जनताले आलोचना गर्ने गरेका छन् ।