🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

खेलकुद परिषद ः नया” मन्त्री नआउ”दै आतंक

सा“घु खेलकुद टिप्पणी 
काठमाडौं । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कार्यालयमा पुग्ने जोकोहीलाई पनि झुक्याइदिन्छ त्यहा“को माहोलले । देख्दा शान्त जस्तो लाग्छ । तर आन्तरिक रुपले निकै अशान्त छ खेलकुद परिषद । अहिले त भौतिक पूर्वाधार तोडफोडले गर्दा अझै कुरुप झैं देखिन्छ राखेप । त्योभन्दा पनि बढी त भौतिक संरचना पुनःनिर्माणका लागि कुन कम्पनीलाई दिंदा बढी फाइदा बस्छ भनी सेटिङ गर्दागर्दै राखेपका सदस्यसचिव केशवकुमार विष्टको मथिंगल रन्थनिएको चर्चा खेलाडीह गर्ने गर्दछन् । 
राखेपको पुरानो भवन भत्काइएको छ । तर कभर्डहल बा“की नै छ । त्यस्तै टेनिसहलदेखि पौडीपोखरी सबै ध्वस्त भइसकेका छन् । विभिन्न संघका भवनसंगै विभागको भवन पनि भत्काइसकिएको छ । कमिशनको चक्करमा लाग्दा निकै ढिला गरी भत्काइएको स्रोतका दावी छ । 
हुन त यस विषयमा राखेपका कर्मचारीहरू भने दङ्ग छन् । पहिले भूकम्पले क्षति पु¥याएको भवन भत्काएर त्यो संरचनालाई लैजान १९ लाख रुपैया“ दिने निर्णय भएको थियो । तर अहिले आफै भत्काएर लगेबापत १८ लाख रुपैया“ दिन त्यो कम्पनी राजी भएपछि राखेप दङ्ग परेको खबर छ । यो त बाहिर आउने कुरा भयो । तर आन्तरिक कुरा खुल्न अझै केही समय त लाग्ने अनुमान गरिदैछ । 
कुनै एक निकायमात्र बेइमान भए पो अन्य निकायबाट त्यसको पर्दाफास हुने अपेक्षा गर्न सकिन्थ्यो । तर यो मुलुकमा ठाउ“ठाउ“मा बेइमानी प्वालहरू रहेकाले असन्तुष्ट भएपछिमात्र चुहावट हुने हो । अहिले परिषदमा त्यस्तै भइरहेको छ । 
परिषदमा त्योभन्दा ठूलो चक्कर सदस्यसचिव र इतरका मानिसहरू नयाँ आउने खेलकुद मन्त्रीको प्रतिक्षामा छन् । यतिठूलो संरचना पुनःनिर्माण गर्नुछ, ठूलै रकमको खर्च अनि कमिशनको चक्कर जो छ । अझ रंगशालाको समेत निर्माण गर्ने हो भने त त्यसबाट आउने कमिशनको कुरा बेग्लै छ  । अझ हालको संरचना भत्काएर अर्को निर्माण गर्दा कमिशन अझै बढ्ने निश्चित छ । 
 का“ग्रेसले दुई दशकपछि खेलकुद मन्त्रालय सम्हाल्दै  छ भन्ने हल्ला ब्यापक छ । लामो समयदेखि एमाले र माओवादीको भागमा पर्दै आएको खेलकुद मन्त्रालयमा कांग्रेसका मन्त्रीको प्रवेशपछि धेरै उथलपुथल हुन सक्ने आंकलन खेलाडीहरूले गर्न थालेका छन् । खेलाडीहरू चर्चा गर्दछन्, कम्युनिष्ट राग का“ग्रेसलाई पक्कै मन पर्ने छैन । उसले पक्कै राखेपमा उथलपुथल मात्रै होइन उपद्रो नै मच्चाउन सक्छ । 
अहिले का“ग्रेसी कर्मचारीहरू आफ्नै दलको मन्त्री आउने भयो भन्दै सल्बलाइरहेका छन् । का“ग्रेसी कर्मचारीहरू अब त हाम्रा पनि दिन फेरिने भए भनेर मुख मिठ्याउदै छन् । एकजना कर्मचारीले त मुखै फोडेर भने, ‘विष्टका चम्चाहरूको धेरै अपमान सहेर बसेका छौं, अब हामीले पनि जानेका छौं, कहा“ के गर्नुपर्छ ।’ यस्तै अभिब्यक्तिले पनि राखेपमा अब कांग्रेसका मन्त्री नियुक्त भएपछि भा“डभैलो सुरु हुनेछ । 
त्यसो त कर्मचारीहरू पनि काम नपाएकी बुहारी पाडाको….कन्याएर बसेकी छे, झैं भएर बसेका छन् । कुनै पनि विभागका कर्मचारी बेकामे जसरी गफमै समय कटाएर तलब पचाई रहेका छन् । त्यसको व्यवस्थापन ठूलो चुनौतीको रुपमा खडा छ । राखेपमा गर्नुपर्ने काम धेरै छन् । तर, कसैले मतलब नै नगर्ने, र कामै नगरिदिएपछि खेलकुद क्षेत्र अधोगतिमा लाग्ने नै भयो । 
हुन त खेलकुदमा दुई वटा अन्तर्राष्ट्रिय पदक आएको देखियो भने विकास भएको ठानिन्छ । तर यहा“ त जग नै खोक्रो भइसकेको छ । त्यो जगमा का“ग्रेस वा जो कोही मन्त्री आएर रातारात चमत्कार हुने पनि होइन । किन कि राखेपको जग कमजोर बनाउने काम हिजोे का“ग्रेसले पनि गरेकै हो । अब त ओलम्पिक कमिटीमा जमेका कम्युनिष्ट र राखेपमा जमेका वामपन्थीहरूलाई का“ग्रेसले उथलपुथल बनाएर अर्को दुर्घटना पो निम्त्याउ“छ भन्ने चर्चा पनि खेलाडीहरूबीच सुरु भएको छ ।