भक्तपुर, फागुन ६ \\ पार्टी एकीकरण प्रकृयाका अल्झेका गाँठागुँठी फुकाउन तथा गतिरोध अन्त्य गरी अन्तिम निर्णायक टुङ्गोमै पुर्याउने भनेर आज आइतबार बसेको दुई अध्यक्षबीचको बार्ता पनि फलदायी भएन।
भक्तपुरको पुरानो ठीमीस्थित प्रचण्डनिकट व्यापारी दुर्गा प्रसाईंको घरमा आज वान टु वान वार्ता भएको हो । पार्टी एकताका कार्यदिशाका साथै माओवादी केन्द्रको सरकारमा सहभागिताका विषयमा छलफल भएको ओलीका प्रेस सचिवालय संयोजक चेतन अधिकारीले जानकारी दिए ।
केपी ओलीले माओवादी केन्द्रबाट सरकारमा सहभागि हुनेहरुको नाम दिन प्रचण्डसँग आग्रह गरेका थिए । तर, कार्यदिशाको विषयमा सहमति नभएसम्म पार्टी सरकारमा सहभागि नहुने जवाफ प्रचण्डले दिएको बताइएको छ ।




