साँघु न्यूज डटमका सम्पादकज्यू
केही बुँदागत टिप्पणीमा नेपाली सेनािभका विकृति विसंगितहरू लेखेर पठाएका छाैं । कृपया स्थान दिनु हुनेछ भन्ने अपेक्षा गरेका छाैं । यस अघि पुर्याउँदै आउनु भएकाे सहयाेगका लागि पनि धेरै धेरै धन्यवाद । साँघु परिवारकाे जय हाेस् ।
१. पूर्णचन्द्र चिफसा'वले आफ्नो कार्यकालको शुरुवातमै लामो समय एकै ठाउँमा बसेका अधिकृत तथा कर्मचारीहरुलाई हटाएर नयाँ व्यवस्थाको थालनी गर्नु भएता पनि आफ्नो श्रीमती अध्यक्ष रहेको श्रीमती संघमा विगत ४ वटा चिफ सावहरुको पालादेखि बसेका अधिकृत, कर्मचारी तथा अन्य दर्जाका व्यक्तिहरुलाई चैं किन परिवर्तन गर्ने आँट गर्न सक्नु भएन ? अचम्मको विषय रहेको छ ।
त्यहाँ लामो अवधि देखि बसेका व्यक्तिहरुले विविध तरिकाबाट ४ वटै चीफ सावका रानीसावहरुको आँखामा धुलो छरेर हो वा कुनै लाभ पेश गरेर हो त्यहाँ टिक्न सफल भएका ती व्यक्तिहरुबाट लामो समय देखि श्रीमती संघबाट संचालित जति पनि व्यवसाय र कार्यक्रमहरु छन त्यहाँ आफ्ना मान्छे सेटिङ गरेर मोटो लाभ लिई रहेको पाईन्छ ।
२. उदाहरणको लागी छत्रमान चिफ सावको पालादेखि श्रीमती संघ छिरेका हालका अधिकृत नवराज घिमिरे तथा उनका दाहिने हात सुवेदार गणेशको आजसम्मको अवस्थामा आई पुग्दा कमाएको सम्पत्तिको लेखाजोखा छैन । के श्रीमती संघ उनीहरु नभई नचल्ने हो र ? अब नयाँ हुने चिफ सावको रानी सावलाई पनि उनीहरुले प्रभाव पारिसकेको जानकारी प्राप्त भएको छ ।
३. श्रीमती संघले व्यापार गरिरहेको अस्पताल वरपरको चमेना गृह, भान्छाघर, किराना पसल, स्कुलहरुमा समेत उनीहरुले आजसम्म हाली मुहाली गरिरहेका र आफ्ना मान्छेहरुलाई नै अनेक तिकडम गरी एकै व्यक्ति (भू.पू. हवलदार तेज बहादुर थापा होटल तथा पाहुना घर संचालक जसले अनेक भूपूको नाममा टेण्डर हाली आफै हालि मुहाली गरिरहेका छन्) लाई ४ वटा कार्यकालमा टेण्डर पार्दिएर मोटो रकम मासिक रुपमा बुझि आएको कुरा जग जाहेर नै छ । त्यसको निष्पक्ष छानविन गर्ने हो भने सत्य कुरा पत्ता लाग्छ । के त्यसमा हामी भूपूहरुले काम गर्नै नपाउने हो ? एक जना भूपू हवलदार तेज बहादुर र एक जना श्रीमती संघका अधिकृत नवराज घिमिरेले मात्र १२ बर्ष सम्म सेटिङमा टेण्डर गरेर लाभ लिई रहने छुट कसरी प्राप्त भयाे ? नेपाली सेनामा अरु भूपूलाई चै आफ्नो परिवार पाल्ने यस्तो अवसर किन दिनु नहुने ?
४. कार्यकाल सफलतापूर्वक सम्हालेर घर जानै लाग्नु भएका पूर्ण चन्द्र चिफ सावले त्यता ध्यान नदिनु भएको कि देखेर नि नदेखे जस्तो गर्नु भएको ? जुन सुकै चिफ सावका रानी सावहरुलाई थाङ्ग्नामा सुताउन सक्ने खुवी भएका यस्ता व्यक्तिहरुले संस्थालाई धमिराले जस्तो गरी खाएको कसैले पत्तो नपाएको देख्दा हामी बाहिर गाडामा म.म. बेचेर बस्न बाध्य भूपू सैनिकहरुको मन कुटुक्क खाएर नै यो सानाे सिकायत गरेर मनकाे वह पाेखिएको हो । कृपया यस विषयमा राम्रोसंग छानविन गरि दिनु होला कार्यरथी सर र यो कुरा पूर्ण चन्द्र चिफ सा'व र नयाँ चिफ प्रभुराम शर्मा सा'वकोमा पुर्याई दिनु होला ।
–पीडित भूपू सैनिकहरु, नेपाली सेना ।




