नेपाली सेनाबाट शान्ति सेना जाने विशेष गरी राम्रो कमाई हुने पदमा जाने अव्जरभर र स्टाफमा जाने अधिकांश अधिकृत,पदिक तथा अन्य दर्जाहरुले दोहोरो पासपोर्ट प्रयोग गर्ने गरेको रहस्य खुलेको छ । सिभिल र सरकारी दुबै पासपोर्ट लिएर जाने र विदा मनाउन नेपाल आउने भनि सिनियर नेपाली अफिसरलाई प्रभावमा पारी नेपालस्थित आर्मी मुख्यालयलाई झुक्काई सिभिल पासपोर्टमा विदेशी भिषा विशेष गरी अमेरिका र युरोपको भिषा लगाई घुम्न जाने र नेपाल आए पछि जागिर छोडेर भाग्ने गरेको तथ्य फेला परेको छ ।
यसमा दोहोरो पासपोर्ट दिने कार्यमा परराष्ट्रमा कार्यरत कर्मचारीहरुको समेत विशेष मिलेमतो रहेको जानकारीमा आएको छ । प्रधानसेनापति पूर्ण चन्द्र थापाले साह्रै माया गर्ने IT सेक्टरका केही अधिकृत तथा पदिक (प्रत्येक बर्षको अव्जर छनौट परीक्षामा विशेष निगाह पाई रहेका) हरुले चिफसाुवको कार्यकाल ९३ बर्षको अवधि० मा दुबै थरी पासपोर्ट वोकी सुडान, कंगो र लेवनानमा विशेष शान्ति सेना (अव्जर) खाने क्रममा त्यहाको सिनियर सेना अफिसरलाई प्रभावमा पारी आर्मी मुख्यालयलाई गुमराहमा राखी सिभिल पासपोर्टमा अमेरिकी र युरोपेली भिषा हान्न सफल हुँदै आएको तथ्य बाहिर आएको छ ।
तिनै व्यक्तिहरुले नेपालबाट हाल मिशनमा रहेका उनीहरुका साथीहरुलाई समेत सोही तरिका सिकाई नेपाल फिर्ता आएको हुँदा विदेशमा विशेष शान्ति सेना खाई रहेका अधिकृत पदिकहरुको पासपोर्ट समेत विशेष छानविन गरी जाने आँट गर्नु हुन प्रधान सेनापतिलाई आग्रह गर्दछौ । – नेपाली सेनाको शुभ चिन्तक, शान्ति मिशन, यूएन




