🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

केटीभीमा दिलभूषण :ईमेज टीभीमा डा. विष्ट

काठमाडौं । कान्तिपुर टेलिभिजनमा पुन पत्रकार दिलभूषण पाठक समाचार प्रमुखको जिम्मेवारी लिएर आउने कुरा तय भएको छ । स्रोतका अनुसार, २०७८ भदौ १ गतेबाट लागू हुनेगरी नियुक्ति दिने निर्णय कान्तिपुर मिडिया ग्रुप (केएमजी)ले गरेको स्रोत बताउछ ।

कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकारहरुले श्रमजीवी पत्रकार ऐन अनुसार न्यूनतम् पारिश्रमिक नपाएपछि सूचना तथा प्रसारण विभागबाट पत्रकारको परिचय पत्र पाउनबाट बञ्चित रहेका छन् । जसले गर्दा कान्तिपुर टीभीका पत्रकारहरु संघीय सरकारको केन्द्रीय सचिवालय सिंहदरवारकाे प्रवेशमा निषेधकाे अवस्था छ  ।

 कान्तिपुर टीभीमा कार्यरत पत्रकारहरुको प्रेस प्रतिनिधि प्रमाण पत्र, कानूनले तोके बमोजिम तलब सुविधाका लागि निरन्तर मालिक कैलाश सिरोहियासँग संघर्ष गर्दा असफल भएका कारणले कान्तिपुर टीभीको समाचार प्रमुखबाट प्रशान्त अर्याल बाध्य भएर आफ्नो  पदबाट राजीनामा दिएर हिंडेका थिए ।

कान्तिपुर टीभीका पत्रकारको हितमा संघर्ष गर्दा समाचार प्रमुखबाट प्रशान्त अर्यालले राजीनामा दिन बाध्य भएर हिंडेपछि त्यहाँ  कार्यरत सञ्चारकर्मीहरुमा असन्तोष र आक्रोसको ज्वाला कायमै रहेको छ । यो अवस्थामा पाठकले मालिक पीडित पत्रकारहरुबाट कसरी सहयोग प्राप्त गर्लान् भन्ने चर्चा पनि पत्रकारहरुले गर्न थालेका छन् ।

 यस्तो असन्तोषको आगोको भुग्रोमा प्रवेश गरेर खेल्नका लागि कान्तिपुर टीभीकै पूर्व समाचार प्रमुख दिलभूषण पाठक फेरि तयार भएका छन् । कान्तिपुर टीभीभित्रको भूमरीलाई पाठकले कसरी पार लगाउने हुन् भन्ने प्रश्न त्यहाँ कार्यरत पत्रकारहरुले चर्चा गर्न थालेका छन् ।

कान्तिपुर टीभी र केएमजी अन्तरगत नै कार्यरत पुराना र काविल युवा पत्रकारहरुले नै केटीभीकाे समाचार प्रमुखको जिम्मेवारी पाउने अपेक्षा पनि गरेका थिए । जसमा सुमन खरेल(अनरेरी चिफका लागि चर्चा थियाे), रुपेश श्रेष्ठ, रामबहादुर रावल र पवन आचार्यको नाम पनि चर्चामा थियो ।

त्यस बाहेक पत्रकार विजय पौडेलको पनि चर्चा थियो । तर, गठबन्धन सरकारको तर्फबाट नेपाली कांग्रेसका महामन्त्री पूर्णवहादुर खड्काको सिफारिसमा दिलभूषण पाठकले कान्तिपुर टीभीको समाचार प्रमुखको जिम्मेवारी पाउन सफल भए भन्ने चर्चा कान्तिपुर टीभीका पत्रकारहरुले गरेका छन् ।

ईमेजमा पुन डा. विष्ट

३८ महिना नेपाल टेलिभिजनमा बिताएर  राजीनामा दिएर हिंडेका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले नयाँ जागिर तय गरेर राजीनामा दिएको थाहा भएको छ । टेलिभिजन सम्बद्ध एक पत्रकारका अनुसार, गठबन्धन सरकार बनेपछि काम गर्न असहज हुने ठानेर  विष्टले ईमेज च्यानलमा जागिर मिलाएर नेपाल टेलिभिजन छोडेका हुन् ।

उनलाई राजीनामा दिन प्रधानमन्त्री निवास बालुवाटारको दबाब समेत परेको स्रोत बताउछ । एनटीभीबाट दिएकाे राजीनामा स्वीकृत नभएपनि २०७८ साउन २८ गतेबाट डा. विष्टले ईमेजकाे सीइओकाे जिम्मेवारी सम्हाली सकेकाे स्राेत बताउछ ।

 विष्ट निकट एक पत्रकारका अनुसार, उनले यसबीचमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटेर राजीनामाको अनुमति लिएका थिए । एमाले अध्यक्ष ओलीले ग्रिन सिग्नल दिएको विष्टबाटै टेलिभिजनका उनी निकटस्थहरुले जानकारी पाएको बताइन्छ ।