🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नेकपा एमाले (समाजवादी) दर्ता गर्न निर्वाचन आयोगद्वारा अस्वीकार 

काठमाडौं । नेकपा एमाले (समाजवादी) र जनता समाजवादी पार्टी (लोकतान्त्रिक) निर्वाचन आयोगमा दर्ता नहुने भएका छन् । 

सरकारले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेश राष्ट्रपतिले प्रमाणीकरण गरेपछि बुधबार एमालेबाट अलग भएर माधवकुमार नेपालले नेकपा एमाले (समाजवादी) र महन्थ ठाकुरले जनता समाजवादी पार्टी (लोकतान्त्रिक) दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए । तर आयोगले सर्वोच्च अदालतको गत फागुन २३ को फैसला र दलसम्बन्धी ऐनको हवाला दिँदै यी दल दर्ता गर्न नमिल्ने जानकारी गराएको छ । 

दलसम्बन्धी ऐनमा कुनै पनि दलको नाममा भ्रम सिर्जना गर्ने गरी अर्को दल दर्ता गर्न नमिल्ने प्रावधान छ । त्यस्तै गत फागुन २३ को फैसलामा पनि दलको नाम र चुनाव चिह्नमा मेल खानेगरी अर्को दल दर्ता गर्न नमिल्ने उल्लेख छ । 

स्रोतका अनुसार, यी दुवै दललाई छुट्टै नाम लिएर आउन जानकारी गराइएको छ । 

माधव नेपाल र महन्थ ठाकुरले अहिले प्रस्ताव गरेको दल दर्ता गर्न नमिल्ने भएकाले अर्को नयाँ नाम राखेर आउन जानकारी गराइएको छ,’ निर्वाचन आयोग स्रोतले भन्यो ।