🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अब दशैँताका मेलम्चीको पानी राजधानीका धारामा रे !!

काठमाडौँ, ११ फागुन (रासस) : बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजना पूर्णताको अन्तिम चरणमा पुगेसँगै राजधानीवासीका धारामा दशैँताका मेलम्चीको पानी आउने भएको छ । 

अर्बौं रुपैयाँको विशाल उक्त परियोजनाबाट मेलम्ची खोलाको पानी राजधानीका धाराबाट खस्ने प्रायः पक्का भएको हो । साथै सरकारले मेलम्चीको पानी राजधानीमा प्रवाह गर्नेसम्बन्धी ठोस कार्ययोजना पनि सार्वजनिक गरेको छ । 

एशियाली विकास बैंकको सहयोगमा नेपालमा सञ्चालित परियोजनाको आज यहाँ आयोजित वार्षिक समीक्षा बैठकमा खानेपानी आपूर्ति तथा सरसफाइ मन्त्रालयले त्यस्तो कार्ययोजना सार्वजनिक गरेको हो । योजनानुसार कार्यसम्पादन गर्न कुनै बाधा उत्पन्न नभएमा आगामी चैतमा २६ किलोमिटर लामो सुरुङ निर्माण पूरा भई १७ करोड लिटर पानी सुन्दरीजल प्रशोधन केन्द्रमा खस्नेछ । 

असार महिनाको अन्त्यसम्ममा सुन्दरीजल प्रशोधन केन्द्रबाट निर्मलीकरण गरिएको पानी काठमाडौँ उपत्यकाका विभिन्न ११ स्थानमा अवस्थित विशाल पानीट्यांकीमा संकलन हुनेछ । योजनानुसार दशैँताका आरुबारी, महाँकाल, बाँसबारी, बालाजु, पानीपोखरी, अनामनगर, मीनभवन, कीर्तिपुर, खुमलटार, टिगानी र भक्तपुरको कटुञ्जेमा निर्मित ती विशाल ट्याङ्कीबाट परीक्षणका रुपमा पानी प्रवाह गरिनेछ । 

पुराना र हाल विछ्याइएका पाइपबाट पानी प्रवाह गरेपछि चुहावटलगायत मर्मतका अन्य कार्य गरिनेछ ।