🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

यार्सागुम्बा लुटपाटमा संलग्न ४ जना पक्राउ

काठमाडौं, २०७८ असोज १ गते । बुढानीलकण्ठ नगरपालिका-१३ चुनिखेल गाम्चाबाट काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्ने जुम्ला सिजा गाउँपालिका-६ घर भएका ४६ वर्षीय हरि रावतको साथबाट अन्दाजी ३ किलोग्राम यार्सागुम्बा लुटपाटमा संलग्न रहेको अभियोगमा ४ जनालाई भदाै ३१ दगते बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं कीर्तिपुर नगरपालिका-३ चौकीटोल बस्ने मकवानपुर सिमपानी नगरपालिका-८ घर भएका ३० वर्षीय नवराज सुनुवार र सोही ठाउँ बस्ने २७ वर्षीय बुद्ध राज सुनुवार, काठमाडौं बुढानीलकण्ठ नगरपालिका-१३ चुनिखेल बस्ने नुवाकोट काउले घर भएका ४६ वर्षीय कृष्णा सुनार र उनकै श्रीमती ४४ वर्षीया पर्वती सुनार रहेका छन् ।

हरि रावतको साथबाट यार्सागुम्बा लुटपाट भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले लुटपाटमा संलग्न व्यक्तिहरुको खोजी गर्ने क्रममा लुटपाटमा संलग्नमध्ये नवराज र बुद्धराजको कोठाबाट १ किलोग्राम यार्सागुम्बा फेला पारेको हो । थप अनुसन्धानको क्रममा लुटपाटमा संलग्न कृष्णा र पर्वतीलाई समेत प्रहरीले पक्राउ गरेको हो ।